वित्तीय संस्थामा राष्ट्र बैंकले दुई अर्बभन्दा बढी रुपैयाँको निक्षेप राख्दै

अर्थ/वाणिज्य बैंक समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ।

राष्ट्र बैंकले जारी गरेको सुचनामा ‘क’ वर्गका बैंकहरुमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा ३२ करोड ८५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १० करोड ९५ लाख रुपैयाँ छुट्याईं आगामी फागुन ६ देखि १ वर्षका लागि मुद्दती निक्षेर राख्न लागेको जनाएको हो । इच्छुक संस्थाले यही माघ ३० गते १० बजेदेखि १ बजेभित्र इमेलमार्फत जानकारी गराउन सक्ने पनि जनाइएको छ ।

यसका सर्तहरुमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुगेको, तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति राष्ट्र बैंकले तोकेको न्यूनतम सीमामा रहेको हुनुपर्ने यसबाहेक कर्जा निक्षेप अनुपात बैंकले समयमा निर्धारण गरेको सीमाभित्र रहेको उल्लेख गर्दै निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा  हुनुपर्ने लगायतका सर्तहरु तोकिएको जानकारी गराइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *