चन्द्र ढकाल र कर्ण शाक्य मुख्यसचिवको शरणमा

राजनीति समाचार

काठमाडौं । डाँडो र सार्वजनिक जग्गा भेट्यो कि कब्जा गरेर भाटभेटनी सुपरमार्केट ठडाउँदै आएका मीनबहादुर गुरुङ मंगलबार सिआइबीको फन्दामा परे । पोखराको ताल नै कब्जा गर्दै आएका ‘सकरात्मक सोच’का कृतिकार कर्ण शाक्य पनि अप्ठ्यरो स्थिती झेल्दैछन् । उसैगरी सार्वजनिक जग्गा र नव हडप्दै आएका दुई व्यापारीहरु चाहिँ मुख्यसचिव बैकुण्ठ अर्यालको चाकडीमा लागेका छन् ।

सार्वजनिक जग्गा कौडीको भाउमा हत्याएर व्यवसायको सम्राज्य बिस्ताaर गर्दै आएका चन्द्र ढकाल र दीपक मलहोत्राहरुको समूह मुख्यसचिव बैकुण्ठ अर्यालको चाकडीमा जुटेको हो । ५८ बर्ष उमेर हद लागेर घर जानु केही दिन अघि पेमनारायण कँडेलले गत मंसिर १२घर जानु अघि कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्र र कैलालीको वनक्षेत्र चन्द्र ढकाललाई सुम्पने फाइल सदर गरेका हुन ।

मंसिर ४ को संघीय र प्रदेश सभा निर्वाचन पछि पहिलो पटक बसेको क्याविनेट बैठकले २ दर्जन निर्णय गरेकोमा ९ वटा निर्णय वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित थिए । अहिले पनि विगतमा झैं सचिवबाट निर्णय गराउन खोजे पनि ढकालको विपक्षमा मन्त्री विरेन्द्र महतोदेखि वन सचिव डा रेवतीरमण पौडेलहरु उभिए पछि ढकाल तिल्मिलाएका हुन ।

मुख्य सचिव शंकरदास बैरागी सेटिङ मिलाएर बाहिरिएपछि ढकालको समूह तिल्मिलाएको बताइन्छ कारण ढकालको वैरागीसँगको विशेष साँठगाँठमा देशभरीमा आफ्ना लगानीका केवलकार, जलविद्युत् लगायतका दर्जनौँ योजनाको काम हात पार्न सफल भएका ढकालले बाँँकी अधुरो रहेको पाथीभरा केवलकारको काम फत्ते गर्न खोजेका थिए तर यस पटक सचिव र मन्त्रीले सहयोग नगरेपछि उनी मुख्य सचिव बैकुण्ठ ढकालको चाकडीमा जुटेको वन मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् । त्यसैको उदाहरण हो हालैमात्र चन्द्र ढकालको टोली मुख्य सचिवलाई शुभकामना दिन बैकुण्ठ अर्यालको कार्यकक्षमा पुगेको थियो ।

महासंघले विशेष गरी प्रधानमन्त्री र अर्थमन्त्री नयाँ नियुक्त हुँदा आफ्ना व्यावसायिक हकहितका काम गराउन र कार्यकालको शुभकामना दिने प्रचलन थियो तर यो पटक केवलकार व्यवसायी ढकाल अध्यक्ष रहेको संस्था महासंघको टोलीले नयाँ मुख्य सचिव नियुक्त भएको २४ घण्टा नबित्दै सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई भेटेर शुभकामना दिएका छ । स्रोतका अनुसार मुख्यसचिवसँग व्यवसायीहरुले सामुहिक रुपमा भेटिसकेपछि ढकाल र बैकुण्ठ अर्यालबीच आधा घण्टा छुट्टा छ्ुट्टै भेटघाट चलेको थियो ।

ढकालले त्यहाँ पाथीभरा केवलकारको फायल बोकेर गएका थिए । देखाउनका लागि उद्योग वाणिज्य महासंघको टोली र शुभकामना व्यक्त भनिए पनि मुख्य सचिवलाई प्रयोग गरी पाथीभरा केवलकारको काम फत्ते गराउनु ढकालको मुख्य योजना रहेको बुझिएको भेटेर फर्किएका एक उद्यमीले बताएका छन् । यस अघि उद्योग वाणिज्य महासंघले कहिल्यै कुनै पनि मुख्य सचिव, सचिवलाई नियुक्त भएकोमा बधाइ दिएको उदाहरण छैन । पाथीभरा केवलकारका लागि यति एअरको प्रवद्र्धक कम्पनी यति ग्रुपले कामको सुरुवात गरेको थियो ।

करिब चार अर्ब लागत अनुमान गरिएको सो केवलकारमा चन्द्र ढकाल समुहको ५१ प्रतिशत सेयर रहेको छ । वन तथा भूसंरक्षण विभागले सो केवलकार निर्माणका लागि काट्नु पर्ने आठ हजार भन्दा बढी रुख कटानको सिफारिस सहित स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयलाई फायल पठाइसकेको छ । हालै मात्र मन्त्री नियुक्त भएका बिरेन्द्रप्रसाद महतो विभागले पठाएको फायलमा थप विस्तृत अध्ययन गरेर मात्र अघि बढाउने मनस्थिति बनाएका छन् । शुक्रबार मन्त्री समक्ष पेश भएको पाथीभरा केवलकारको फायल मन्त्रीले थप अध्ययन गरी राय पेश गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएपछि ढकालको समूह झस्किएको बताइन्छ ।

ढकाल सरकारी र सार्वजनिक जग्गा कब्जा जमाउँदै आएका व्यापारी हुन । यस अघि माधव कुमार नेपाल प्रधानमन्त्री र दिपक बोहरा वन मन्त्री हुँदा चन्द्रागिरीको डाँडा नै चन्द्र ढकालले हात पारे । सामुदायिक वन क्षेत्रको ३६ हेक्टर जमिन अर्थात ७ सय ९ रोपनी जग्गा प्रयोग गरेबापत ढकाल सहितको व्यापारीक घरानाले प्रति रोपनी प्रति महिना २१ हजार रुपैयाँमा वन क्षेत्रको उपयोग गर्दै आएको छ । सोही समूहले त्यहाँ चन्द्रागिरी हिल्स केवलकार, रेष्टुरेन्ट देखि नक्कली भालेश्वरको मन्दिर समेत निर्माण गरेको छ ।

३६ हेक्टर राष्ट्रिय प्रयोग गर्न दिए बापत सरकारले जम्मा प्रतिवर्ष १ लाख ८० हजार रुपैयाँ मात्रै बुझ्दै आएको छ । ४० वर्षसम्म यसरी नै ढकाल समुहले चन्द्रागिरीमा धन्दा चलाउने छुट पाएकै शैलीमा अहिले घर जान लागेका सचिवलाई प्रयोग गरेर चन्द्र ढकालले पोखरामा समेत केवलकार गुडाउने चाँजोपाँजो मिलाए । यस्तै नवलपरासीमा समेत केवलकार गुडाउन शुरु भइसकेको छ । यसरी जहाँ जहाँ अग्ला डाँडा र बन भेटिन्छ त्यही केवलकार गुडाउने योजना साकार पार्न मुख्यसचिवलाई बधाइ दिन पुगेको केही व्यापारीहरुले असन्तृष्टि समेत पोखेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *