कांग्रेस निकट कर्मचारी शोभाखरको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका दाहिने हात नरेन्द्र केसी अहिले उनीसँगै प्रहरी खोरमा छन्,नक्कली शरणार्थी प्रकरणमा । खाँणका देव्रे हातले भने हालै निजामती पुरस्कार थापेका छन् । मन्त्री फेरिए पिच्छे सचिवलायमा बस्ने अवसर पाइरहने उपसचिव हुन शोभाखर रेग्मी ।

बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको नीजि सचिव तथा कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता गरी दोहोरो जिम्मेवारीमा थिए । त्यतिखेरको कर्मचारी खटन पटनमा सबैभन्दा धेरै बदमासी गर्ने र अतिरिक्त लाभ लिनेमा उनको नाम चर्चामा थियो । बदमासी कतिसम्म गरे भने गृहका इमान्दार सहसचिवलाई बरण्डामा राखेर उनी रामेछापको सिडिओ खान गए ।

६ महिना पछि नै त्यहाँबाट अछामका सहायक सिडिओको रुपमा सरुवामा परे । बढूवा खानका लागि दुगर्ममा दरबन्दी राखेर उनी अहिले उपप्रधान तथा रक्षामन्त्री काँग्रेस पूर्णबहादुर खड्काको नीजि सचिवको रुपमा भित्रिएका छन् । उनी गृहमा रहँदा कर्मचारीको सरुवा बापत मोटो रकम लिने गरेको गरेको आरोप गृहकै कर्मचारीहरुले लगाउने गर्दछन् ।

अध्यागमनमा काँग्रेसी निकटका कर्मचारी छानी छानी खटाएर उनीहरुबाट दररेट नै तोकेर शुभलाभ लिएको कर्मचारीहरुको आरोप छ । यसरी कर्मचारी सरुवा गर्दा अतिरिक्त लाभ लिने,सिनियर कर्मचारीहरुलाई मन्त्रालयको बरण्डामा राखेर सिडियो खान जाने र एउटा मन्त्रीको सचिवालयबाट हटेर फेरि अर्काे मन्त्रीको सचिवालयमा घुमेर सेटिङ्ग गर्ने कर्मचारीले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार थापेका हुन,अस्ति २२ भदौंमा ।

यता, कान्ति बाल अस्पतालको लापारबाहीका कारण मकवानपुरको थाहा नगरपालिका–१० बाट अस्पताल आएका एक बच्चाको ज्यान गयो । इमर्जेन्सीमा लगिएको बच्चाको पालो कुर्दा कुर्दै ज्यान गुमायो । सोही अस्पतालको नर्सिङ निर्देशक डा रोशनी लक्ष्मी तुइतुईको नाम समेत निजामती पुरस्कार पाउनेको सूचीमा भेटियो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *