खेलाडी बनेर मानव तस्करी

राजनीति समाचार

काठमाडौं । काठमाडौं जयबागेश्वरीमा एटलान्टिक माइग्रेसन सेन्टर नामको गल्फ खेल्ने स्थान देखाएर दाङ सल्यान र रुकुमका युवाहरु ठग्दै आएका कमल तामाङको गिरफ्तारीले विदेश पठाउने गिरोहको पर्दाफास भएको छ ।

तामाङलाई मानव बेचबिखन ब्यूरोले गलत साउनमा पक्राउ ग¥यो । उनले १ करोड १८ लाख एकै व्यक्तिसँग ठगेका थिए । जुन व्यक्ति थाइल्याण्ड, जाम्बिया, दुबईजस्ता देश पुगेर फर्केपछि मानव बेचबिखन ब्यूरो पुगेका हुन् । कमललाई सघाउने २ जनाको नाम प्रहरीले खुलाएको छैन । यो मुद्दामा अपराधी गोप्य राखेर अनुसन्धान गर्ने गरिन्छ ।

ब्यूरोका एसएसपी जीवन श्रेष्ठको भनाईमा यो गिरोह ठूलो छ । राजनीतिक संरक्षणमा यो गिरोह सहज रुपमा हिँडेको हो । नक्कली भुटानी बनाएर अमेरिका, अस्ट्रेलिया लैजाने राजनीतिक तहमै छन् । खेलकुद कलाकारिताजस्ता क्षेत्रमा अपराधको प्रवेश भएको लोकतन्त्रको स्थापनासँगै हो । प्रत्येक दलका नेता कार्यकर्ताको गलत धन्दामा लागेर रकम जम्मा गर्ने गर्छन् भन्ने कुरा त सुन तस्करीसँग जोडिएका माओवादी नेता कार्यकर्ताको नाम जसरी आयो त्यसरी नै नक्कली भुटानी शरणार्थीमा आएकै हो ।

मानव बेचबिखत ब्यूरोको नियन्त्रणको धन्दा अर्काे छ । ब्यूरोले एयरपोर्टबाट थुप्रै युवायुवती फर्काएको छ । एयरपोर्टमा ब्यूरोको सम्पर्क कार्यालय नै रहेको छ । राजनीति स्वच्छ, निष्ठा र त्यागसँग जोडिएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *