दलहरुको शिद्धान्त बेग्लै भएपनि सत्ता प्राप्त गरेपछि पश्चिमाको दबाबमा परी नेपालमा पुँजीवादी अर्थतंत्रको अभ्यास गर्दै आएकाछन । नेपाली जनतालाई समाजवाद र साम्यवादको सपना बाँडेर आफ्नो पछि लगाउन सफल कम्युनिष्ट दलका नेताहरुले सत्तामा पुगेपछि नेपाली जनतालाई “माछो माछो भ्यागुतो“ पारीदिएका छन । समाजवाद हुँदै सम्यवादी अर्थतंत्र सम्म पुगेर पुँजीवादी अर्थतंत्रमा फर्केको भए नेपाली जनताको जीवन सहज बन्ने थियो होला तर त्यसो नभएर एकैचोटी पुँजीवादी अर्थतंत्रमा नेपाललाई दलहरुले जाकेको हुँदा देशी बिदेशी दलालहरुले नेपालमा चलखेल गर्ने धेरै ठुलो अवसर पाएकाछन ।
नेपाली जनताहरु त्यस्तो अर्थतंत्रको लागि अभ्यस्त नभईसकेको हुँदा नेपाली जनताले पुँजीवादी अर्थतंत्रबाट उठाउनु पर्ने लाभ सबै देशी बिदेशी दलालहरुले उठाएकाछन । पुँजीवादी अर्थ व्यवस्थामा व्यक्तीगत स्वतंत्रता र निजी फाईदा धेरै नै महत्वपूर्ण हुन्छ । क्षमतावान व्याक्तीको निर्माण समाजले नै गर्ने हुँदा समाजवादको महत्व र भूमिका सर्बोपरी नै हुन्छ । तर एकै चोटी पश्चिमाको नक्कल गरी उनीहरुको नै दबाबमा झुकेर पुँजीवादलाई अंगाल्दा नेपालमा पुँजीवादलाई बुझेका सक्षम व्यक्तीहरुको अभाव खट्केको छ । त्यहि गहिरो खाडलको लाभ उठाएर देशी बिदेशीका दलालहरुले नेपालमा भ्रष्टाचारजन्य अपराधहरुलाई बढाउँदै नेपाल राष्ट्रलाई ऋणमा डुबाएर गम्भिर आर्थिक संकटमा पारी टाट पल्टाउने काम गरेकाछन । पुँजीवादी आर्थतंत्र चलाउन र त्यसबाट नेपाली जनताले लाभ लिन सक्ने बनाउन नेपाल सरकारको तयारी पुगेन ।
फलस्वरुप नेपालको आर्थिक उन्नती प्रगति भन्दा पनि दुर्गतिको दिन सुरु भयो । नेपालमा कानुनी राज कायम गर्न नेपाल सरकार असफल भएको हुँदा अराजकताले चरम सीमाना नाघीसकेको छ । नेपालको बजार स्वतंत्र छैन त्यसकारण यहाँको बजार भाउ माग र आपूर्तीको अवस्थाले भन्दा पनि बिदेशी स्वदेशी दलालहरु र दलका शीर्ष नेताहरुको साँठगाँठमा हुने गरेकाछन । नेपालमा व्यपार व्यवसाय सफल तुल्याउनको लागि सत्तामा बसेका राजनीतिक दलहरुको नेतृत्व सित व्यापारीहरु र व्यवसायीहरुले राम्रो संबन्ध स्थापित गर्नै पर्ने हुन्छ ।
त्यसो नगरी कुनै पनि व्यापारीहरु र व्यवसायीहरुले आफ्नो धन्दा नेपालमा सफलता पूर्वक चलाउन सक्दैनन् । नेपालमा कम्युनिष्ट दलहरु पनि समाजवाद र सम्यवादको मार्ग छाडेर पुँजीवादको मार्गमा मस्त भएर लागेका छन । लागेका मात्र कहाँ हुन र पुँजीवादी अर्थ व्यवस्थाबाट नेपालका कम्युनिष्टहरुले भरपुर लाभ उठाउँदै र लिंदै आएकाछन । उहाँहरुले आफ्नो शिद्धान्तलाई छाडी नेपाली जनता सित गरेको बाचाबन्धनलाई पनि भुल्दै पुँजीवादलाई सत्तामा पुगेको सुरुका दिन देखी नै सहस्र स्वीकार गरीसकेका छन । महको गुलियोमा भुलेका मधुमंखी झै लाग्ने नेपालको कम्युनिष्ट दलका नेताहरु सोही महमा डुबेर नमरेसम्म अन्य बचेखुचेका मौरीहरुलाई होस नआउने महसुस नेपाली जनतालाई भईरहेको छ ।
पुँजीवादी अभ्यास गर्दागर्दै दलका नेताहरु नै बिदेशीका दलाल बनीसकेका छन । रुपमा कम्युनिष्ट नेता भएपनि सारमा कम्युनिष्ट दलका नेताहरु भ्रष्ट र अपराध प्रवृत्तिका देखिएकाछन । दलका नेताहरुको पुँजीवादी अभ्यास नेपाली जनताको लागि भयाबह बन्दै गएर जोखिमपूर्ण भएकोछ । पुराना साहुकरहरुले दलका नेताहरुकै संरक्षणमा नेपाली जनतालाई नयाँ नयाँ तरिकाहरु अपनाएर पीडित तुल्याईरहेका छन । पुराना सहुकरहरुको नयाँ रुप भनेको मिटर व्याजीहरु नै हुन । त्यसैगरी नेपालका बैंकहरु र लघुवित्तहरुले नेपाली जनतालाई व्याज माथि स्याज लगाएर ऋणको भारी बढाएर वेघरवार बनाउँदै लगेकाछन ।
मिटर व्याजीहरु, बैंकहरु र लघुवित्तहरुको ऋण तिर्न कै खातिर नेपालका हजारौं युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएकाछन । नेपाल भरीका पीडित नेपाली जनता पटक पटक पैदल यात्रा गरी संघिय राजधानी काठमाण्डौ सम्म आएर न्यायको लागि जुलुश प्रदर्शन गर्दै नेपाल सरकारबाट सहयोगको अपेक्षा राखेकाछन । तर मिटर व्याजीहरु, निजी बैंकहरु र लघुवित्तहरुको ठगी कार्यहरु पनि दलका नेताहरु कै संरक्षणमा चल्दै आएको हुँदा पीडित नेपाली जनताको सुनुवाई राम्रो सित हुन सकेको छैन । अझ पनि मिटर व्याजीहरु, निजी बैंकहरु र लघुवित्तहरुले नेपाली जनतालाई दुःख दिन छाडेको छैन । दलका नेताहरु नै मिटर व्याजी पनि हुन भन्ने कुरा अब खुल्दै गएको छ । नेपाल सरकारले पीडित नेपाली जनताका हितमा बनाएको कानुनलाई समेत मिटर व्याजीहरुले टेरपुच्छर नलगाउनुको पछाडि दलका नेताहरुको दोहोरो भूमिकाले गर्दा नै हो ।
पुँजीवादी अभ्यासको क्रममा दलहरु बहुरुपी बनेकाछन । कोही घरजग्गाको दलाल, कोही मानव तस्कर, कोही सुन तस्कार, कोही मुद्रा तस्कर, कोही लागु पदार्थको तस्कर, कोही बिदेशीको दलाल आदि ईत्यादि बनेर नेपाल राष्ट्रलाई नै लुट्दै खोक्रो बनाउँदै लगेकाछन । नेपालमा अराजकता फैलाएर नाफा कमाउने नाफाखोर, कमिसनखोर र सुद्खोर पनि दलका नेताहरु नै छन । जल माफिया र शैक्षिक माफिया संरक्षक र बढवा दिने त्यसबाट नाफा कमाएर मोजमस्ती गर्नेहरु पनि दलकै नेताहरु र कार्यकर्ताहरु नै छन ।
नेपाली जनताको सेवा गर्न भनी खोलेका निजी बैंकहरु, वित्तिय संस्थाहरु र सहकारीहरुले पनि आफ्नो सेवालाई व्यापारीहरुले झै नाफा कमाउने मेसिन बनाएकाछन । पुँजीवादी अभ्यासमा लागेका दलहरुले एउटै व्यक्ति र संस्थालाई सबै प्रकारको व्यापार गर्न र व्यवसायहरु खोलेर चलाउन दिएको हुँदा आज नेपालका बैंकहरु, वित्तिय संस्थाहरु र सहकारीहरु गैरकानुनी र गलत धन्दा गरी कमाउनेहरुको हातमा पुगेकाछन । फलस्वरुप नेपालको सेवा गर्ने क्षेत्रलाई पनि नाफा कमाउने व्यापार व्यवसाय बनाएका छन ।
सहकारीहरुले कैयौं नेपाली जनतालाई ऋण बोकाएर वेघरवार बनाउँदै सुकुमबासी बनाएका काण्डहरुको समाधान नहुँदै बैंकहरु र वित्तिय संस्थाहरुले पनि गलत परियोजनाहरुमा लगानी गरी नेपाली जनताको जायजेथा र धितो गैरकानुनी तरिकाले लिलाम गरी हजम पर्ने नाफाखोर व्यापार बनाएर चलाएका छन । साधारण नेपाली जनताको त के कुरा दुर्गा प्रसाई जस्ता ख्याती प्राप्त नेपाली समाजमा चर्चित व्यक्तित्वलाई पनि बैंकहरुको त्यस्तै अभियानको सिकार बन्नु परेको छ । बैंकहरु, लघुवित्तहरु र सहकारीहरुले गर्दा आज केयौं नेपाली जनता वैदेशिक राजगारीमा बाध्य भएर गएका छन् । त्यताबाट कमाएर ल्याई बैंकहरु, वित्तिय संस्थाहरु र सहकारीहरुको ऋण चुक्ता गरी आफ्नो धितोमा रहेको जायजेथाहरु निखन्ने सपना बोकेर विदेशिएका नेपालीहरु धेरै हन्डर खाएर बिदेशमा नै ज्यान गुमाउनु पर्दैछन ।
दलहरुको यस्तो पुँजीवादी अभ्यास अब नेपाली जनतालाई चाहिएको छैन । नेपाली जनताले अब दलहरुको यस्तो व्यापारीहरु र व्यावसायीहरुलाई पोष्णे रबैया प्रति मिलेर नै बिरोध जनाउन थालेकाछन । मिटर व्याजी पीडितहरुको जुलुस र बिरोध सभाहरुले यहि नै कुराको पुष्टी गरीरहेको छ । अभियान्ता श्री दुर्गा प्रसाईको अभियानले दलका नेताहरुको आँखा खोल्ने काम गर्दै आएको छ । उज्वल र सुन्दर भविष्यको सपना देखेर गहिरो निदमा परेका नेपाली जनतालाई जगाएर नाफाखोर व्यापारीहरु र व्यवसायीहरुले खोलेका बैंकहरु र लघुवित्तहरुको चंगुलबाट बचाउने प्रयास गर्दैछन ।
नाफा कमाउनको लागि जेजस्तो पनि गैरकानुनी धन्दा गर्न तयार व्यापारीहरु र व्यवसायीहरुलाई सेवा क्षेत्रको व्यवसाय बैंकहरु र वित्तिय संस्थाहरुलाई पनि चलाउन दिएर दलहरुको नेतृत्वमा बेनको नेपाल सरकारले बिरोलोलाई दुधको सुरक्षा गर्ने जिम्मा दिने काम गरेकाछन । नेपालका शेयर बजारलाई पनि तिनै व्यापारीहरु र व्यवसायीहरु दलाल बनेर प्रवेश गरीसकेकाछन । नाफा कमाउने सुरमा त्यस्ता दलालहरुले साना लगानी कर्ता नेपाली जनताको पैसा सबै डुबाएर आफुले भने अकुत नाफा कमाएर खाने दाउमा छन ।
यिनै कारणले गर्दा नेपालको बिद्युतको जडित क्षमता ३००० मेगावाट पुगेतापनि उत्पादन भने ८०० मेगावाटको मात्रै छ । त्यो पनि बिदेशमा बेच्ने वा निर्याता गर्ने प्रयासमा नेपाल सरकार लागेको छ । नेपाली जनतालाई बत्ती बाल्न पनि नपुगी रहेको बिजुली कसरी निर्यात गर्ने होला ? नेपाललाई अध्यारोमा पारी बिदेशमा उज्यालो बनाउने प्रयास कालन्तारमा निरर्थक, आत्मघाती यबम् राष्ट्रघाती साबित हुनेछन भनी विज्ञहरुले तित्रा चराले झै चिल्लाई चिल्लाई लगातार भनीरहेका नै छन । त्यसलाई पुँजीवादी अभ्यासमा लागेका दलहरुले अनसुना गरी रहनु हुँदैन । यसो गर्दा नेपाल राष्ट्र र नेपाली जनताको भविष्य अन्धकारमय बनेर बर्बाद हुनेछ । जडित क्षमता बढाएर लगानी गरेका बैंकहरुले त लिज अवधि थपेर भएपनि आफ्नो लगानी उठाउने प्रयास थालीसकेका छन ।
अहिले चर्चामा आएको जलबिद्युत परियोजनाहरुको लिज अवधिलाई बढाएर ५० बर्ष पर्याउने खेल ठुला लगानी कर्ताहरु र निजी बैंकहरुलाई अकुत नाफा कमाउन दिनको लागी नै हो भनी ठोकुवा गर्न सकिन्छ । साना लगानी कर्ता डुबेकोमा भने दलहरुले नेतृत्व गरेको नेपाल सरकारलाई मात्र होइन कसैलाई पनि कुनै चिन्ता छैन । यस्तो अवस्था एकदिन नेपालमा आउने छ र त्यो दिन जलबिद्युतमा लगानी गरेका साना लगानी कर्ताहरुले पनि मिटर व्याजीहरु र लघुवित्तहरु पीडित नेपाली जनताले जस्तै नाँगो खुट्टाले पैदल हिडेर राजधानीको सडकहरु नाप्न बाध्य हुनेछन । केही बर्ष अगाडि सम्म फ्लो इक्सीडेन्स प्रोवयावीलिटी ४३ प्रतिशत लिएर जलबिद्युत परियोजनाहरुको डिजाइन गरिन्थ्यो भनो त्यो अहिले बाढाएर ६५ प्रतिशत पर्याएकाछन ।
त्यसकारण पहिलेको तुलनामा अहिलेका जलबिद्युत परियोजनाहरु गणसतरहिन छन । त्यसमा पनि लिज अवधि बढाएर ५० बर्ष पर्याउने चलखेलले पुँजीपतिहरुले लाभ कमाउन सफल भएपनि नेपाली जनताहरु भने नराम्रो सित ठगिनेछन । नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने दलहरुको लक्ष हो भने पुँजीवादी अभ्यासलाई तुरुन्त रोकेर नेपालमा समाजवादी अर्थतंत्रको अभ्यास थाली हाल्नुपर्छ ।