रवि र अर्यालले वैदेशिक रोजगारीमा हुने ठगीधन्दा रोक्लान् !

Uncategorized

काठमाडौं । नेपालमा एकातिर धेरै उद्योगहरु बन्द भएको अवस्था छ भने अर्कोतिर भएका उद्योगहरु पनि राम्रोसँग चल्न सकेको छैन । उता आर्थिकमन्दीले गर्दा कतिपय उद्योगीहरुले आवश्यक कच्चा सामग्री खरिद गर्न सकेका छैनन् । त्यसकारण रोजीरोटीको लागि नेपाली युवा, युवतीहरु विदेशिन वाध्य भएका छन् । कम लेखपढ भएका, आर्थिक अवस्था कमजोर भएका नेपालीहरु कतार, दुबई, मलेसिया, बहराइन, साउदी, माल्टा, क्रोएसियालगायतका देशहरुमा जाने गर्दछन् ।

ती मुलुकमा जाने नेपालीहरुलाई मेनपावर कम्पनीहरुले महंगो शुल्क लिएर पठाउने गर्दछन् । कतिपय मेनपावर व्यवसायी त दोहोरो नागरिक बनाएर एउटै व्यक्तिले दुई÷तीनभन्दा बढी कम्पनी खोल्ने गरेको पाइन्छ । त्यसैगरी युरोपियन देशहरुमा अध्ययन र रोजगारीको लागि जाने युवा, युवतीहरुलाई पठाउने कन्सल्टेन्सी सञ्चालकहरुले पनि दोहोरो नागरिकता लिएर एउटै व्यक्तिले डबल कम्पनी खोल्ने गरेका छन् । ती कन्सलटेन्सीहरुले जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, फिलिपिन्स, डेनमार्कलगायतका युरोपियन मुलुकहरुमा महंगो शुल्क असुलेर विद्यार्थीहरुलाई पठाउने गर्दछन् ।

ती कन्सल्टेन्सीहरुले पठाएका अधिकांश विद्यार्थीहरु विदेशमा पुगेर अलपत्र पर्ने गरेका छन् । त्यसमा कतिपय विद्यार्थीहरुले नक्कली विवाह गरेर डिपेन्डेन भिसामा विदेश जाने र उहाँ पुगेर अलपत्र पर्ने गरेका घटनाहरु पनि थुप्रै छन् । कतिपय नेपाली विद्यार्थीहरुलाई कन्सलटेन्सीहरुले महंगो पैसा असुल्ने र बिना भिसा भारतको बाटो हुँदै युरोपियन मुलुकहरुमा पठाउने गर्दै आएका छन् । त्यसको उदाहरण बनेका छन् तत्कालीन सञ्चारकर्मी र हालका गृहमन्त्री रवि लामिछाने । रवि लामिछाने सञ्चारकर्मी हुँदा नेपालबाट विदेश पाठाउने मेनपावर कम्पनी र कन्सलटेन्सीहरुसँग बार्गेनिङ गर्ने उता विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समाचार प्रत्यक्ष लाइभमा सर्वसाधारणको जनताको मन जित्न गर्दै आएका थिए ।

त्यतिबेला रविले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समाचार प्रशारण गरेर जनताको मन मात्रै जितेका थिएनन् । मेनपावर कम्पनी र कन्सलटेन्सीहरुसँग बार्गेनिङ गरेर राम्रो कमाई पनि गरेका थिए । त्यो कमाईको आडमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि खोले । पार्टी र सञ्चारकर्मीको नाममा विदेशमा रहेका नेपालीदेखि स्वदेशका उद्योगी व्यवसायीहरुसँग राम्रो असुलउपर गरेका थिए । सो पैसाको बलमा निर्वाचन पनि जिते । रवि नेतृत्वको रास्वपाले २१ सिटमा जित हासिल गर्न सफल भयो ।

निर्वाचन जितेको १५ महिनामा रवि लामिछाने दुई पटक गृहमन्त्री हुन भ्याए । रवि पहिलो पटक २९ दिने गृहमन्त्री भए । फेरि दोस्रो पटक रवि गृहमन्त्री भएका छन्, कति दिन टिक्ने हुन् त्यो निश्चित छैन । उता, रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम तथा रोजगार सुरक्षामन्त्री बनेका डिपी अर्याल । रवि तत्कालीन सञ्चारकर्मी हुँदा विदेशमा अलपत्र परेका नेपालीको समाचार प्रकाशन-प्रशारण गरेर मेनपावर र कन्सलटेन्सी सञ्चालकहरुलाई थर्काएर पैसा असुली गर्दै आएका थिए ।

अहिले रवि नेतृत्वको रास्वपाबाट डिपी अर्यालय श्रम तथा रोजगार सुरक्षामन्त्री बनेका छन् । गृहमन्त्री रवि आफै बनेका छन् । अब गृहमन्त्री रवि र श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीको नाममा ठगीधन्दा चलाउने मेनपावर कम्पनी र कन्सलटेन्सीहरुलाई कसरी कारबाहीको दायरामा ल्याउँछन्, विदेशमा अलपत्र परेका नेपाली कामदारलाई कसरी न्याय दिलाउछन्, स्वदेशमै रोजगारीको सिर्जना कसरी गर्दछन्, त्यो भने हेर्न बाँकी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *