कांग्रेसले पाएन सज्जन ?

राजनीति समाचार

काठमाडौं । कांग्रेस भनेको भ्रष्ट, अपराधी, गुण्डा, चोर, बलात्कारी, अपहरणकारी र डनको संरक्षक हो ? कांग्रेसको आडमा डा.आरजु राणा, मञ्जु खाँड, रोज राणा, वादसाह कुर्मी, मिनकृष्ण महर्जनजस्ता होनहार खम्बा बिना कांग्रेस चल्न नसक्ने भएको छ । राजनीति आर्दशका खानी बन्न रुचाउने वरिष्ठ नेता डा.शेखर कोइराला यस्ता गुण्डा, भ्रष्ट, डन, हत्यारालाई मन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा किन लागे ? यस्तैको पैसा र रक्सीले बुढानिलकण्ठले मुक्ति लिन सक्दैन । कथित युवा सांसदहरु समेत यहाँ बोल्देन । किनकि पद किन्दा पहिले लगानी गरेका वादशाह कुर्मी, रोज राणाले मात्र होइन मिनकृष्ण महर्जनले समेत पैसा खर्च गरे । प्रकाशमान सिंह नैतिकवान लौह पुरुष पुत्र भनेर के अर्थ ? उनी पनि पैसामा लोभी छन् । महल छ तर उनले संसदीय सचिवालयबाट घरभाडा बुझ्छन् ।

राज्य लुटकै लागि संसद हुने मन्त्री बन्ने भाष्य नेपालमा स्थापित छ । जहाँ कांग्रेसका राष्ट्रपतिले मासिक घरभाडा नै २ लाख खर्च गराएका छन् । उनको घर छ तर पनि राजा सरह भएका छन् । पाए सिन्को पनि बाँकी राख्दैनन् । राजनीति भनेको समाजसेवा होइन । नेताको कमाई धन्दा बन्दैछ । त्यहीकारण भ्रष्ट, हत्यारा, तस्कर सांसद हुँदै मन्त्री बनाइन्छन् । गलतलाई गलत भन्न नसक्ने वरिष्ठ नेता भोलि सभापति हुन नपाइएला भनेर मौन छन् । कांग्रेसले सज्जन सांसद पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *