संघिय मन्त्रालयलले सरुवा गर्नु अगाडि नै कर्मचारी मालद्धार अड्डामा

राजनीति समाचार

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित विभागले आगामी भदौबाट असोजसम्ममा कर्मचारी सरुवा गर्ने प्रावधान छ । तर, चल्दपुर्जा कर्मचारीहरु मन्त्रालय र विभागले सरुवा गर्नुभन्दा अगाडि नै कुन मालद्धार अड्डामा जाने भनेर सेटिङ मिलाई सरुवा भइसकेका हुन्छन् । यो परम्परा विगत लामोसमयदेखि हुदैँ आएको छ । संघिय मन्त्रालयअन्तर्गत पर्ने विभाग र कार्यालयले सरुवा गर्ने कार्यविधि नाम मात्रैको हो । कतिपय खरिदार नासु, शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीहरले पहिलै सेटिङ गरेर अन्यत्र सरुवा हुने परम्पार छ ।

खासगरी भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत पर्ने मालपोत अधिकृतदेखि नासुसम्म रहेका छन् । त्यसैगरी नापीविभागअन्तर्गत पर्ने नापी कार्यालयका सर्भे अमिन र नापी अधिकृतहरु सरुवा हुने गर्छन् । त्यसैगरी अन्य मालद्धार अड्डामा कम्पनी रजिष्टार कार्यालय, उद्योग विभाग, कर कार्यालय, यातयात कार्यालय र राजश्व कार्यालय जस्ता ठाउँमा सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्नुभन्दा अगाडि नै सेटिङ मिलाएर सरुवा हुने गर्छन् । तर, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीमाथि नत निगरानी गर्छ नत कारबाही नै गर्छ । सरुवा हुने कर्मचारी निमुखा र भन्सुन नहुने कर्मचारी पर्दछन् । त्यसमा पनि राजनीतिक दलनिकट कर्मचरी संगठनका नेताको चाकडी र चाप्लुसी गर्नुपर्ने बाध्यता छ । कतिपय राजनीतिक दलनिकट कर्मचारी नेताहरुले आफ्नो आसेपासेलाई घुमाइसफिराइ मालद्धार अड्डामा खटाउने काम गर्छन् ।

कर्मचारी नेताहरुको काम भनेको सरकारी गाडी चढ्ने ,मोबिल र इन्धनको प्रयोग गर्ने, कार्यालयमा हाजिर हुनु नपर्ने, संगठनको कार्यालयमा बस्ने, संगठनबाटै कर्मचारी सरुवाको मोलतोल गर्ने परिपाटी चल्ने गरेको छ । यो त एउटा उदाहरणको पात्रा मात्रै हुन् । त्योसँगै सरकार परिवर्तन हुनासाथ आफ्ना फेभरका कर्मचारीहरुलाई शक्तिशाली र मालदार अड्डामा पठाउन सकिन्छ भनेर न्वारनदेखिको बल निकालेर लाग्ने गर्दछन् । त्योसँगै आफूलाई फाइदा हुने, पार्टीलाई पनि चन्दा दिनसक्ने कर्मचारी नेताहरुले खेलोफड्को गर्ने गरेका छन् । अधिकांश कर्मचारी नेता एउटा अड्डामा वर्षौवर्ष बस्ने, अन्य कर्मचारी सरुवा बढुवा गर्ने, कमिसन खाने धन्दा फस्टाउँदै आएको छ । तर त्यस्ता निकायका कर्मचारीलाई नत सम्बन्धित नकिायले अनुगमन गरेर कारबाही गर्छ न त सरकारले नै । यो धन्दामा नेपाली कांग्रेसनिकट कर्मचारी संगठनका अध्यक्ष गोपाल पोखरेल, उत्तम कटुवाल रहेका छन् ।

त्यसैगरी, एमाले निकट कर्मचारी संगठनका भोला पोखरेल, आरसी अधिकारी, रेवन्त गौतम रहेका छन् भने अर्का चतुर खेलाडी र डनको रुपमा चिनिएका केदार देवकोटा रहेका छन् । उनी काठमाडौं उपत्यकाभित्रको मालद्धार अड्डामा बसेर सधैं संगठनको बखान गर्ने र उर्तिपुर्तिमा व्यस्त रहने गरेका छन् । देवकोटाको सम्पत्ति छानबीन कसले गर्ने ? त्यस्तै, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका तत्कालीन अध्यक्ष हरि रावल, गणेदत्त भट्ट लगायत छन् । उतातिर, एकीकृत समाजवादी सहकारी संगठनका तत्कालीन अध्यक्ष मोहन घिमिरेको व्यापक चर्चा चल्न थालेको छ । घिमिरेले मन्त्री र सचिवलाई तथानाम बोल्ने, गालीगलौज गर्ने, सिहं दरबार छाडेर काहि जानुनपर्ने ? सिह दरबारमा बसेर गाली गर्दै दिन कटाउने काम गर्दछन् । कर्मचारी संगठनको जिम्मेवारी नेता बनेर यस्तो हकर्तले अन्य कर्मचारीको समेत शिर निहुराउने काम भएको छ । देशले विकास पाउन त परै जाओस् कर्मचारीले राम्रो बोलीव्यहोरा समेत पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *