सचिवालयकै विश्वास छैन प्रधानमन्त्रीलाई ?

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओली कसैलाई विश्वास नगर्दा दैनिक बालुवाटारमा जानेहरु पालो कुर्दा हैरान छन् । बालुवाटारका अस्थायी बासिन्दा कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डसम्मले बालुवाटार जाने सबैलाई भेट दिने गरेका छैन । कामको प्रकृति हेरेर देउवा पिए भानु देउवा र प्रचण्डका पिए रमेश मल्ल, गंगा दाहालहरुले प्रधानमन्त्रीलाई हल्का बनाउँथे । तर प्रम केपी ओलीले सचिवालयका कसैको विश्वास नगर्दा आफैंलाई हैरान बनाएको पत्तो पाएका छैनन् । किनकि कुनै दिन राति ११ बजेसम्म पार्टीकै कार्यकर्ता थिए ।

प्रम ओलीले माडे र व्यापारीसम्म कुटनीतिक देखि प्रशासकसम्म आफैंले भेट्ने गरेका कारण बालुवाटार प्रतिको जनमोह राजनीतिक रुपमा वितृष्णा जाग्दो छ । प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमाल, पिए रामशरण चापागाईंहरु पनि बालुवाटार प्रतिको क्रेज देख्दा दंग छन् । प्रम ओलीले आफ्नो स्वास्थ्य अनुसारको काम गर्नुपर्नेमा सबैतिर आफैं जोडिँदा आफ्नै स्वास्थ्यमा खराबीअ आएको पत्तो पाउँदैनन् ।

त्यसैले आफ्नै कार्यकर्ताले प्रम बिरामी भनेर अनलाइनमा समाचार प्रसारण गरेकै हुन् । त्यो समाचार प्रमलाई मन परेन । जनस्तरमा प्रम केपी ओलीका लक्षित योजना छैनन् । कालोबजारी र महंगी, भ्रष्टाचार र बिचौलियको पक्ष भयो । यसपटक प्रम ओलीले यो कुरा व्यवहारमा देखाएका छन् । किनकि उद्योगी व्यापारी, व्युरोक्रेसी र कुटनीतिज्ञसँग भेट उनका सल्लाहकारले गरे हुने हो । तर प्रम ओली कसैको विश्वास नगर्ने भएका छन् । जताततै एक्लै काम गर्दा कहाँ फुस्कन्छ त्यसको हेक्का आफैंले के बोलेको हो पत्तो नहुने अवस्थामा प्रम पुगेका छन् । तर पनि ओलीले अब महिला प्रम बनाउने योजना ल्याएका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *