काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने भएको छ ।
अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने सहमतिसहित एमाले र कांग्रेसले गठबन्ध गर्ने भएका हुन् ।
मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् भने कोइराला कोशीका पूर्व मुख्य न्यायाधीवक्ता हुन् ।नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ ।
नेपाल बारको नयाँ कार्यसमितिको निर्वचनका लागि आज बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ । २५ सदस्यीय कार्यसमितिमा कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिने सहमति भएको छ । दुबै दलसमर्थित कानुन व्यवसायीहरु अहिले अन्य उम्मेदवारको टुंगो लगाउन व्यस्त रहेका छन् ।