अमेरिकी सहयोग दुरुपयोगबारे सरकारलाई श्वेतपत्र जारीको माग

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग रकम दुरुपयोग भयो भन्ने चर्चाबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा अहिलेसम्म अमेरिकाबाट कति सहयोग आयो भन्ने बारेमा श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।

उनले एनजिओ र आइएनजिओमा आएका र अन्य प्रयोगमा कति रकम आएको छ भने त्यसको दुरुपयोग भए नभएको विषय श्वेतपत्रमार्फत सार्वजनिक गर्न उनले माग गरेका छन् । उनले सारा नेपाललाई नै बद्नाम गर्ने गरी प्रचार भइरहेको छ। यदि यसो हो भने सरकारले यसलाई भएको के हो भनि प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *