दलहरुले नेपालको राजकिय सत्ता शासन आफ्नो हातमा लिएको पनि ३६ बर्ष पुरा भईसक्यो । राजाका रैतीहरुलाई सुरुसुरुमा दलका नेताहरुले समाजवाद र साम्यवादको मसला चखाएर आफ्नो प्रभावमा पारेका थिए । नेपाली जनताको लागि गाँस, बास र कपासको ग्यारेण्टी दिन्छौ भन्दै कसम खाएका थिए । नेपाली जनताले पनि दलहरुले फैलाएको भ्रममा परी राजतन्त्रको बिरुद्ध दलहरुलाई साथ दिएका थिए । त्यो बेला राजाले पनि यदि नेपाली जनताको इच्छा हो भने जनभावना अनुसार चल्ने राजपरिवारको परम्परा अनुसार नै चटक्कै लौगरी खाउँ भन्दै आफ्नो श्रीपेच, राजदण्ड र राजगद्दी नासोको रुपमा दलहरुको हातमा बुझाएका थिए ।
त्यो बेला दलहरु पनि छक्कै परेका थिए एउटा गोली पनि नपड्काई राजाले यसरी आफ्नो राजपाठको अधिकार त्यागेको हुनाले दलहरुलाई सोकुरा सपना झै लागेको थियो । यसरी नेपालको राज्य सत्ता पाएका दलहरु हौसिएर आआफ्नो सुरुची अनुसार नेपालको शासन सत्ता चलाउँदै लगे र नेपालमा कहिले पनि सुनीति अनुसारको शासन पद्धतिलाई स्थापित हुन दिएनन् । एकाएक आफ्नो शिद्धान्त समाजवादी र सम्यवादी भनी प्रचार गर्दै आएका नेपालका कम्युनिष्ट र काँग्रेस दलहरु अमेरिकी उदारवादी स्वतन्त्र बजार अर्थतन्त्रलाई अपनाउँदै पुँजीवादी दलमा रुपान्तरित भए । दलहरुले नेपालमा त्यसरी पुँजीवादी अर्ततन्त्रको अभ्यास गर्ने क्रममा स्वतन्त्र बजार अर्थतन्त्रलाई सफल पार्न नभईनहुने बजारको स्वतन्त्रता र कानुनी राजलाई भने बिचबिचमा हस्तक्षेप गरी पंगु
बनाउँदै लगेकाले नेपाल राष्ट्र भ्रष्टाचार र आर्थिक अपराधको केन्द्रविन्दू बन्न पुग्यो । अहिले संसारलाई थाहा भईसक्यो कि नेपालमा फैलिएको भ्रष्टाचार र अर्थिक अपराधले गर्दा बिदेशी सहयोग प्रभावहिन भएर नेपालको बिकास र समृद्धि प्रारम्भिक अवस्थामा नै झरेको हो । नेपाल राष्ट्र बिदेशी ऋणमा डुव्दै गएर आर्थिक संकटको संघारमा पुगेको छ भने नेपाली जनता सुखी बन्नुको साटो झनझन दुखी भएकाछन । नेपाल राष्ट्र र नेपाली जनताको यस्तो हालत हुँदा पनि दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई सत्बुद्धि कहिले आएको छैन । उहाँहरु झनझन नेपाल राष्ट्रमा भ्रष्टाचार र अराजकतालाई बढवा दिंदै अगाडि बढेकाछन ।
नेपाली जनताले भोग्नु परेको दुःख र कष्ट प्रति दलका नेताहरु किञ्चित पनि संवेदनसील भएको देखिन्न । धमिलो पानीमा माछा मार्न पल्किएका दलका शीर्ष नेताहरु र उहाँहरुको पछुवा नेताहरु झनझन क्रुर बन्दै नेपाली जनताको चराईरहेको ताजा घाउमा नुनचुक छर्ने काम गरीरहेकाछन । यस्तो अत्याचार सहन नसकेर नेपाली जनता राजा आउ देश बचाउ भन्दै दलहरुको बिरुद्ध उत्रिएकाछन । अब नेपाली जनता राजाले नेतृत्व गरेको राजतन्त्रलाई सघाएर नेपालको राजनीतिक व्यवस्था र अवस्था दुबै बदल्ने अठोटको साथ आन्दोलनमा उत्रिएकाछन ।
जनभावना अनुसार शासन गर्ने राजपरिवारको इतिहासिक परम्परा अनुसार नै राजाले पनि आफ्नो मनोभावना व्याक्त गरीसकेका छन । बिगतमा पनि राजा र नेपाली जनता मिलेर नै निरंकुश राणा शासनलाई समाप्त पार्न सफल भएको थियो भने अब एक पल्ट फेरि नेपाली जनता र राज मिलेरै भ्रष्ट र स्वईच्छाचारी दलको शीर्ष नेताहरु र अन्य नेताहरुलाई ठेगान लगाउने आन्दोलनको निव राखीसकिएका छन । केहि दिन भित्रै दलहरु झुकेर राजतन्त्रवादीहरु सित वार्ता गर्नु पर्ने छ अन्यथा क्षिमेकी मुलुक बंगलादेशको जस्तो जनआन्दोलनले दलका शीर्ष नेताहरु र अन्य नेताहरु नेपाल छाडेर भाग्न बाध्य हुनेछन ।
भ्रष्टाचारी दलका नेताहरुको घरघरमा आन्दोलनकारी नेपाली जनता पसेर आगो लगाउन सक्ने दिन आउन अब धेरै कुर्नु पर्ने छैन । नेपाली जनता सित दलका नेताहरुले गरेका सबै खाले भ्रष्टाचारको बहीखाताहरु तयार भएकाले हिसाब किताप मिलान गर्नको लागि उहाँहरुको घरघरमा अन्दोलनकारीहरु पुग्ने अनि उहाँहरुले गरेको भ्रष्टाचार र आर्थिक अपराधको लागि जिम्मेवार बनाउने छन । नेपालको बर्तमान आर्थिक दुराबस्थाको लागि दलहरु नै जबाफदेही भएको कुरो संसारले बुझेको हुँदा अमेरिकाको सक्रिय नेतृत्वमा चल्ने गरेको पश्चिमी मुलुकहरुले पनि दलहरुले गरेका भ्रष्टाचारको बिरुद्ध कार्यबाही थालेकाछन ।
अमेरिकाले युएसएआईडी मार्फत नेपालमा चलीरहेको सबै परियोजनाहरु बन्द गरीसकेकाछन । साथै अमेरिकी एमसीसी परियोजनाको अनुदान सहायता पनि बन्द गरीदिएकाछन । उक्त परियोजना रहने वा नरहेने बारे कुनै ठोश जानकारी अमेरिकाले दिएको छैन । जी ७ शक्ति राष्ट्रहरुले पनि नेपालको सहकारी, घरजग्गा र शेयर बजारमा कालोधन लगानी गरेको र त्यस्तो लगानी अन्तराष्ट्रिय टेरोरिष्टहरु सित संबन्धि भएको भन्दै एफएटीएफ ले अध्ययन अनुसन्धान गरी नेपाललाई ग्रेलिस्टमा हालेको छ । दुई बर्ष भित्र कुनै सुधारको कार्बाही नेपाल सरकारले गरेन वा गर्न सकेन भने कालो सूचिमा नेपाललाई हाल्ने सम्मको जानकारी दिएकाछन । नेपालको जलबिद्युतको क्षेत्रमा लगानीको स्रोत नदेखाई जति पैसा पनि लगानी गर्न सकिन्छ । घरजग्गाको कारोवारमा पनि लेनदेन गर्ने र सरकारी कर तिर्नको लागि निर्धारण हुने रकममा ठुलो अन्तर रहेको हुन्छ ।
जग्गा प्रति रोपनी करोडमा बिक्री भएको भएपनि सरकारी कर निर्धारण गर्दा जग्गाको सरकारी दर अनुसार नै हुँदै आएको छ जुन धेरै दोव्बरले कम हुन्छ । त्यसै गरी शेयर बजारमा लगानी गर्दा पनि लगानीको स्रोत देखाउनु नपर्ने भएकाले कालोधनका मालिकहरुले सहजै सित व्यापारीहरु र व्यवसायीहरु सित मिलेर जति रकम पनि लगानी गर्न सक्छन । नेपालमा यस्तो गैरकानुनी कामहरु भईरहेको कुरा अब बिश्वलाई थाहा भइसकेको हुँदा संसारले नै नेपालको दुरावस्था प्रति चिन्ता जताईरहेकाछन ।
दलहरु न आफु सुध्रिन्छ न नेपालको दुरावस्थामा सुधार नै गर्न सक्छन । दलहरु वास्तवमा नै नाफाखोर दलाल तस्कर माफिया व्यापारीहरु र व्यवसायीहरुको निर्देशन अनुसार चलीराखेका छन । दलका नेताहरु, व्यापारीहरु र व्यवसायीहरुले कलोधनको भरमार उपयोग सहकारी, घरजग्गा र शेयर बजारमा गरीराखेकाछन । यो कुरा नेपाली जनतालाई थाहै छैन तर जी ७ शक्ति राष्ट्रहरुको संस्था एफएटीएफले बताएको हो । उक्त संस्थाले नेपालको अर्थिक अवस्थाबारे लामो समय देखि अध्ययन अनुसन्धान गराएर यस्तो निष्कर्षमा पुगेका हुन । क्षिमेकी भारत र चीन पनि दलहरुको शासन सत्ता प्रति सकारात्मक छैनन् ।
वर्तमान ओली सरकारको प्रधानमंत्री एमाले शीर्ष नेता ओली र नेपाली काँग्रेसका शीर्ष नेता शेर बहादुर देउवालाई भारतले भारत भ्रामणको लागि निमन्त्रणा सम्म पनि स्वीकृत गरेका छैनन् । नेपालको राजतन्त्रलाई हटाउनको साथै हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर ईसाइ धर्म फैलाउनमा आर्थिक सहायता बिदेशीले दिएको भएतापनि त्यसलाई कार्यान्वयनमा लानको लागि सहजीकरण दलका शीर्ष नेताहरुले नै गरेकाहुन । तसर्थ दलका नेताहरुको कुकृत्य नेपाली जनताको नजरबाट मात्र होइन बिदेशी निगरानी कर्ताहरुको नजरबाट पनि छिपेको छैन । नेपाल राष्ट्रको स्थापना गर्ने राजतन्त्रको इतिहास २४३ बर्ष लामो छ । यो नेपाल राष्ट्रको पनि गौरवमय इतिहास नै हो । राजतन्त्रको नेतृत्वमा नेपाल राष्ट्रले त्यो बेलाको शक्तिशाली अग्रेजको सेनालाई युद्धमा धुलो चटाएको इतिहासमा उल्लेख छ । नेपालमा राजतन्त्र एक्लो छैन किनकि यसको पछाडि नेपाली जनताको बिशाल समर्थन रहेकोछ ।
नेपालको राजतन्त्रलाई हटाएर इतिहास मेटाउन सफल भएकोमा गर्व गर्ने दलका नेताहरु देखि नेपाली जनता उग्ररुपमा रिसाएकाछन । त्यसै गरी वैदिक काल देखि हिन्दूराष्ट्र रहेको नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन सकेकोमा गर्व गर्ने दलका नेताहरु सित नेपाली जनताले हिसाब किताप बराबरी गर्ने तयारी गर्दैछन । नेपाली जनताबाटै अधिकार पाएका दलहरुले नेपाली जनतालाई भेडो भन्दै ईसाइ बन्नको लागि प्रेरितगरेका छन । सारांसमा भन्दा नेपालको गौरवमय इतिहास मेटाउँदै ईसाइ धर्मान्तरणमा सघाएर दलहरुले नेपाल राष्ट्रको अस्तित्वलाई नै संकटमा पारेका छन । यस्तो दलहरुको दुष्कर्मलाई रोक्नको निमिक्त राजा तयार भएको अभिव्यक्ती आउँदा नेपाली जनता साहै नै दंग परेकाछन । नेपाल राष्ट्रलाई एकता गरी राख्ने शक्ति राजतन्त्रलाई फाल्तु बनाउन खोज्नेहरु नेपाल राष्ट्र र नेपाली जनता कै सत्रु हुन ।
तिनीहरुको नास गर्नको लागि एकपल्ट फेरि राजा र नेपाली जनता एक ढिक्का बन्दैछन । नेपाल राष्ट्र र नेपाली जनताको संरक्षक र एकताको रुपमा रहेको राजतन्त्र र नेपाली जनता मिलेपछि दलहरुको के कुरा संसारको कुनै पनि तागतले नेपालको इतिहासलाई मेटाउन सक्ने छैन । नेपाल राष्ट्रलाई आदिकाल देखि नै वैदिक सनातनी हिन्दूधर्मले एकिकृत गरी ल्याएको हुँदा राजतन्त्रले त्यसलाई नै नेपालको राष्ट्रधर्म बनाएर नेपाली जनताको मन जितेको हो । नेपाली जनताले आफ्नो पितापूर्खा देखि मान्दै आएको र गर्दै आएको धार्मिक संस्कार नै असलमा वैदिक सनातनी हिन्दूधर्म हो ।
नेपाली जनताले जसरी जुन प्रकारले धार्मिक संस्कारहरु मान्दै र गर्दै आएका छन त्यहि नै वैदिक सनातनी हिन्दूधर्म भएकाले सबै नेपाली जनता पहिले देखि नै धर्ममा समेटिएका छन त्यसैले नयाँ ईसाइ धर्मको आवश्यकता नेपालमा छैन । राजतन्त्रवादीहरुको आन्दोलन चर्किएर गईरहेको छ । त्यसबाट पैदा भईरहेको रापले षडयन्त्रकारी प्रतिक्रियावादी दलका शीर्ष नेताहरु र अन्य नेताहरु जल्दैछन । बेलैमा दलहरुले होस पु¥याएर नसम्हालिने हो भने जल्ने मात्र होइन नेपालका दलहरु भष्म नै हुनेछन । राजतन्त्रको वापसी लाई रोक्न वा बाटो छेक्न थालेमा दलका नेताहरुलाई नेपाली जनताले कुनै पनि बेला भष्म पनि पार्न सक्छन है भन्ने कुरा दलका नेताहरुले बुझौं ।