संघीय मामिलामन्त्री गुप्ता एमाले कि कांग्रेस ?

राजनीति समाचार

काठमाडांैं । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ताले संघीय मन्त्रालयलाई चलायमान बनाउन नसकेको आरोप लागिरहेको छ । संघीय मामिला जस्तो जिम्मेवार मन्त्रालयमा बसेर मन्त्री गुप्ताले एमाले निकट कर्मचारीहरुको पहिचान गर्न सकेका छैनन् । कुन कर्मचारी आफ्नो भनेर पहिचान गर्न नसकेकै कारण मन्त्री गुप्ता दिनप्रतिदिन विवादमा तानिँदै आएका छन् । मन्त्री गुप्ताकै कारण संघीय मन्त्रालयमा कांग्रेस र माओवादी निकट उपसचिवहरुको हालीमुहाली चरिहेको छ ।

त्यसको पेलानमा एमाले निकट कर्मचारीहरु परिरहेका छन् । त्यसको उदाहरण लिन सकिन्छ, भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई । मध्यपुर थिमी नगरपालिकाका प्रमुख रहेका छन् नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्र श्रेष्ठ । थिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र वि.क.लाई अन्यत्रबाट सरुवा गराएर ल्याएको थियो ।

तर नगर प्रमुख श्रेष्ठले आफ्नो विचार नमिल्ने भएकाले विकलाई हाजिर गर्न दिएनन् । त्यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिकामा संघीय मन्त्रालयले भुवनेश्वर लामिछानेलाई प्रमुख प्रशासकीय अधिकृत बनाए पठाएको थियो । प्रमुख प्रशासकीय अधिकृत लामिछानेलाई पनि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले हाजिर हुन दिएनन् । नगर प्रमुखले विचार नमिल्ने कार्यकारी प्रमुखलाई हाजिर हुन नदिएपछि लामो समयदेखि चन्द्रगिरी नगरपालिका र भक्तपुरको थिमी नगरपालिका कार्यकारी प्रमुख बिहीन हुन पुगेका छन् ।

अर्कोतिर गृहमन्त्रालयमा रहेका एमाले निकट कर्मचारीलाई छानीछानी अन्यत्र सरुवा गर्ने र कांग्रेस निकट कर्मचारीलाई भित्र्याउने खेतीपाती चलिरहेको छ । तर, संघीय मामिलामन्त्री राजकुमार गुप्ताले भने एमाले निकट कर्मचारीको बचाउ गर्न सकेका छैनन् । उल्टै कांग्रेस र माओवादी निकट कर्मचारीको बचाउ गर्ने र एमाले निकट कर्मचारीलाई पाखा लगाउने काम भएपछि संघीयमन्त्री गुप्ता कांग्रेसका कि एमालेका भनेर सर्वत्र चर्चा चल्न थालेको छ । सरकार भने कांग्रेस र एमालेको सहमतिमा चल्ने तर कर्मचारीलाई भने आफ्नाले पनि नचिन्ने अवस्था भएपछि कर्मचारीभित्र असन्तुष्टि छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *