यस्तो छ मुख्यसचिव अर्यालको ३ वर्ष टिक्ने दाऊ

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निजामति क्षेत्रलाई तहसनहस बनाउँदै लगेको आरोप छ । किन कि जेष्ठतामा रहेका तोयमराय ज्ञवाली, निदेश भट्टराई, राकृष्ण सुवेदी जस्ता व्यक्तिलाई पाखा लगाएर चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लागेको हो । चौथो वरियतामा रहेका अर्याललाई मुख्यसचिव बनाएपछि पहिलो वरियतामा रहेका तोयमराय ज्ञवाली र दोस्रो वरियतामा रहेका निदेश भट्टराईले राजीनामा दिएका थिए । पहिलो र दोस्रो वरियतामा रहेका सचिवहरुले राजीनामा दिएपछि कर्मचारीहरुमा व्यापक असन्तुष्टि बढेको थियो । कर्मचारीभित्र असन्तुष्टि बढेपछि एमाले निकट कर्मचारी संगठनका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर दिनेश भट्टराईको राजीनामा फिर्ता गराउन लगाएका थिए । त्यसपछि दिनेश भट्टराईले आफूले राजीनामा नदिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

राजीनामा थमौति भएपछि भट्टराइ गृहसचिव बन्ने तरखरमा थिए । तर, सरकारले गृहसचिवमा गोकर्णमणि दुवाडीलाई ल्याएपछि भट्टराई फेरि छागाबाट खसेजस्तो भएका छन् । भट्टराईको जागिरे अवधि समाप्त भएपछि संवैधानिक निकायमा लाने आश्वासन प्रधानमन्त्रीले दिएको स्रोतको भनाइ छ । उता, मुख्य सचिव बनाइएका एकनारायण अर्यालले विगत लामो समयदेखि रोकिएको संघीय निजामती ऐन ल्याउने प्रयास गरिराखेका छन् । मुख्यसचिव अर्यालयले कर्मचारीको हितमा नभई आफ्नो फाइदाको लागि संघीय निजामती ऐन ल्याउन खोजेको आरोप छ । किन कि अर्यालयको जागिरे अवधि आगामी मंसिरमा समाप्त हुँदै थियो । मुख्यसचिव भएपछि उनको जागिरे अवधि २ वर्ष थपिएको छ ।

अब संघीय निजामती ऐन ल्याएको खण्डमा उनको जागिर अवधि १ वर्ष थप हुने छ । उनी ३ वर्ष मुख्यसचिव रहनेछन् । उनी विभिन्न मन्त्रालयको सचिव हुँदा संघीय निजामती ऐन ल्याउन कुनै पहलकदमी गरेका थिएनन् । अहिले आफ्नो जागिरे अवधि बढाउनको लागि निजामती ऐन ल्याउने प्रयासमा जुटेका छन् । सो निजामती ऐन ल्याउन ठेक्का लिएका विचौलियाहरुलाई कत्तिको मिलाउन सक्छन् हेर्न बाँकी छ । निजामती ऐन ल्याउनको लागि मुख्यसचिव अर्याल वाधक ऐन, कानुनलाई पेलपाल गर्दै छन् । अर्याल मुख्यसचिव भएपछि इमानदार कर्मचारीलाई अनावश्यक दुःख दिने, अपायक र दूर्गम ठाउँमा सरुवा गरेको ठाउँमा जान नमाने कारबाही गर्ने जस्तो उर्दी जारी गर्न थालेका छन् ।

त्योसँगै आफ्ना आसेपासेलाई मालदार ठाउँमा खटाएर उठ्तीपुठ्तीमा जुट्ने गरेको समाचार स्रोतको दाबी छ । मुख्यसचिव अर्यालले आफू प्रधानमन्त्री कार्यालयमा हुँदा कुनै एक स्थानीय तहको प्रशासकीय अधिकृतमा महिला कर्मचारीलाई सरुवा गरेका थिए । तिनै महिला कर्मचारीलाई आफू गृहसचिव भएको बेला भेट्न गएपछि स्थानीय तहका अन्य कर्मचारीले गृहसचिव जस्तो व्यक्ति प्रशासकीय अधिकृतलाई भेट्न आउनुको रहस्य के रहेछ भनेर हल्ला चलेको थियो । अहिले उनै अर्याल देशको मुख्यसचिव बनेपछि जागिर त एकनारायण अर्याल जस्तो गरी पो खानुपर्ने रहेछ, तर हामीहरु त उहाँले जसरी जागिर खान नसक्ने रहेछौ भन्दै थिए एक कर्मचारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *