सत्ताधारी दलनिकट कर्मचारी नेताहरुको दशैं शुरु

Featured राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल चाडवाड नजिकिन थालेपछि उठ्तीपुठ्तीमा व्यस्त हुन थालेका छन् । अध्यक्ष पोखरेलले अर्थमन्त्रलयमा जरा गाडेको २० वर्षभन्दा बढी भइसकेको छ । ठूलो दल निकट कर्मचारीको नेता भएपछि पोखरेलले अफिसको काम गर्नुपर्दैन र सिंहदरबार छाडेर अन्यत्र सरुवा पनि हुनुपर्दैन । पोखरेल अर्थमन्त्रालयको शाखा अधिकृत हुन् । उनी जुनसकै पार्टीको सरकार आए तापनि त्यहाँबाट सरुवा हुँदैनन् । किन भने उनी ठूलो दलको छत्रछायामा छन् ।

अधिकृत पोखरेल अर्थमन्त्री र अर्थसचिवभन्दा बढी कर्मचारी सरुवा, बढुवामा चलखेल गर्न लागिपरेका पर्छन् । आफूले चिताएको व्यक्तिलाई कसरी मालदार ठाउँमा पु¥याउने र बढीभन्दा बढी कसिमन बटुल्ने ध्याउन्नमा लागेका छन् । उनले अर्थमन्त्राको पैसामा सहपरिवार तीर्थयात्रा पनि गरिसकेका छन् । यतिबेला कर्मचारी सरुवाको सिजन भएकाले पनि पोखरेल कसले बढी पैसा दिन्छ त्यसलाई मालदार ठाउँमा पु¥याउँने भन्ने दाउपेचमा लागि परेका छन् । पोखरेल अहिले अत्तालिएर उठ्तीपुठ्तीमा नलागुन् पनि किन उनको जागिर अवधि आगामी वैशाखमा सकिँदै छ । कर्मचारीहरु पनि भन्सार, राजश्व, कर कार्यालय, यातायात, कम्पनी रजिष्ट्रार, उद्योग, वाणिज्य विभागजस्ता मालदार ठाउँमा सरुवा हुनको लागि अध्यक्ष पोखरेलको चाकडी गर्न तल्लीन छन् ।

अर्कोतिर एमाले निकट कर्मचारी संगठनका नेताहरु पनि आफ्नो पार्टीको प्रधानमन्त्री भएपछि एयरपोर्ट अध्यागमन विभागदेखि राजश्व अनुसन्धान, आन्तरिक राजश्व कार्यालय, विभिन्न कर कार्यालय र प्रधानमन्त्री कार्यालयमातहतका विभिन्न मालदार ठाउँमा आफ्नो पार्टी निकट कर्मचारीलाई सरुवा गराएर मोटो रकम उठाउन लागिपरेका छन् ।

उता, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरु भने माउ हराएको चल्ला झै भएका छन् । कर्मचारी सरुवाको सिजनसँगै चाडवाड नजिकिएपछि माओवादी र एकीकृत साजमावादी निकट कर्मचारीहरु कांग्रेस र एमाले निकट कर्मचारी संगठनका नेताहरुको गोडा मोल्न थालेका छन् । एकातिर मुख्यसचिवले पेल्ने अर्कोतिर सत्ताधारी दल निकट कर्मचारी संगठनका नेताहरुले पेल्ने भएपछि सोर्सफोर्स नभएका कर्मचारीहरु आतंकित भएका छन् । अन्य साना दल निकट कर्मचारीहरुको त नामनिसाना नै छैन । यतिबेला कांग्रेस र एमाले निकट कर्मचारीहरुको दशैं सुरु भइसकेको छ भने अन्य दलनिकट कर्मचारीहरुको होसहवास उड्न थालेको छ । उता, कांग्रेस र एमाले निकट कर्मचारी नेताहरु भने कर्मचारी सरुवामा उठाएको कमिसन आफ्ना दलका नेताहरुलाई दशैंको उपहार भन्दै रेड लेबल र खामबन्दी बुझाउने जोहो गर्न लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *