अघिल्लो श्रृखला देखि संखुवासभाको भोटखोला गाउँपालिकाको यात्राको सन्दर्भमा लेखिराखेको छु । अघिल्लो श्रृखलामा काठमाडौं देखि तुम्लिङ्गटारसम्मको हवाइ यात्रा अनी भोजपुरमा पाइला टेक्दै खाँदवारीमा वास बसेको सन्दर्भ उल्लेख गरिएको छ । यस अ¬ंकमा भने संखुवासभाको सदरमुकाम खाँदवारी देखि भोटखोला गाउँपालिकाको केन्द्र हटियासम्म पुग्दाको सन्दर्भमा उल्लेख गर्ने कोसिस गरिएको छ । हाम्रो यो यात्रा भोटखोलाका जनप्रतिनिधिहरुसँग छलफलकोलागि थियो तर यात्राका सन्दर्भमा देखिएका भेटिएका पक्ष झनैं स्मरणीय हुन पुगेका छन् । मूख्य काम भन्दा सहायक पक्षहरु मेरा जीवनका यादगार हुन पुगेका छन् ।
गोलासम्मको यात्रा
२०८१ कार्तिक ७ गते विहान ७ वजे एक वोलेरबाट भोटखोला तिर लाग्यौं । ८ घण्टा जती गाडीमा त्यस पछि ४ घण्टा पैदल गर्नु पर्ने कुरा मलाई जानकारी गराइएको थियो । मेरोलागि सवै स्थान नयाँ थिए । बाटोमा चिया पिउँदै फलफूल खाँदै अगाडी वढ्यौं । ठाउँ ठाउँमा छिन्डुम भोटेका चिनजानका साथीहरु भेटिन्थ्ये संक्षिप्त कुराकानी हुन्थ्ये । मानेभञ्ज्याङ्ग हुँदै च्यान डाँडा गएर खाजा खायौं । त्यहाँको थुक्पा चाउचाउ असाध्यै स्वादिलो हुने रहेछ । अकवरे खुर्सानीको स्वादमा जिव्रोमा नैं झुण्डीने खाल्को थियो । हामी खाना खान मकालु गाउँपालिकाको केन्द्र ‘नुम’ भन्ने स्थानमा पुग्यौं । मकालु गाउँपालिकाको भवन तिर केही बेर घुम्न गयौं ।
फोटो खिच्यौं ।
मकालु गाउँपालिको उवा भन्ने स्थानमा अन्तरपालिका स्तरीय फुटवल खेल चलिरहेको रहेछ हामीले पनि केही वेर खेल हे¥यौं । हाम्रो गाडीमा म बाहेक सवै भोटखोलाकैं हुनु भएको र हामी पुगेको बेला भोटखोला कैं टिम खेल्दै रहेछ, तेस्रो स्थानकोलागि । त्यही भएर केही समय हामी अल्मलियौं । त्यो खेल भोटखोलाको टिमले नैं जित्यो । फाइनल खेल भने हामीले नहेरी अगाडी वढ्यौं ।
मकालु गाउँपालिका क्षेत्र पार गरे पछि भोटखोला गाउँपालिका प्रवेश गरियो । सो पालिकाको वडा नं. ४ को गोला भन्ने स्थानमा पुगि हामीले हाम्रो गाडी छाडी त्यही वास बस्ने निधो ग¥यौं । हुनत करिव १ घण्टाकोसम्म गाडी अगाडी जानसक्ने थियो । तर पनि हामी बस्ने निधो हाम्रो टोलीको अगुवाइ छिन्डुमले गर्नु भयो । हामीले तुम्लिङ्गटारको विमान स्थल झर्नु भन्दा केही पहिला देखि नैं अरुण नदीलाई पछ्याएका थियौं । गोलासम्म पुग्दा सम्म अरुण नदीको विपरित दिशा तिर हिडीरहेका थियौं । अरुण नदी दक्षिण तिर झर्दै थियो हामी उत्तर तिर लाग्दै थियौं । अरुण नदीमा विभिन्न जलविधुत् आयोजनाहरु निर्माण भएका र निर्माणाधिन भेटिन्थ्ये । अरुण तेस्रो चर्चित जलविधुत् आयोजना हामी बाटामा नैं भेट्यौं । गाडीमा दौडादा दौडदैं देख्ने मौका पायौं ।
भोटखोला गाउँपालिका वडा नं. ४ मा रहेका होम स्टेमा वास वस्ने निधो भयो । त्यहाँ रहेको अपर अरुण जलविधुत् आयोजना आदीवासी जनजाती सल्लाहकार परिषद्को कार्यालयमा पुग्यौं । सो संस्थाको अध्यक्ष लादार भोटे र कार्यक्रम संयोजक रिधार सिरु भेच्यावा भोटेसँग अन्तरक्रिया ग¥यौं । केही रोचक विषयहरु पाइयो ।
अपर अरुण जलविधुत् आयोजना
अपर अरुण जलविधुत् आयोजना भोटगाउँपालिकामा पर्दछ । यो अर्धजलासययुक्त आयोजना हुने आंकलन गरिएको छ । यसको १ हजार ६३ मेगावाट क्षमता रहेको छ । यो जलविधुत् आयोजनाकोलागि अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटड नामक कम्पनी स्थापना भएको छ । अपर अरुण जलविधुत् आयोजना सञ्चालन हुँदा प्रत्यक्ष असर पर्ने भोटखोला गाउँपालिका वडा नं. २ देखि ५ सम्मका २२ वटा गाउँहरु पहिचान भएका छन् । विश्व वैंकको सहयोगमा आदिवासी जनजाती महासंघले ती गाउँलेहरुसँग छलफल गरेछ । यहाँका १ हजार ३ सय ३३ घरधुरी परिवार प्रत्यक्ष प्रभावित हुने देखियो । जलविधुत् आयोजना तयारीको चरणमा नैं स्वतन्त्र पूर्व र सुसूचित सहमतीको वारेमा परामर्श छलफल भयो । जलविधुत् वनाउने तर त्यसवाट आदीवासी जनजातीलाई पर्ने असर सम्वोधनकालागि काम गर्ने कार्यहरुको सूची तयार भयो । सूची मात्र तयार भएन, त्यो कार्य सञ्चालन गर्नकालागि आदिवासी जनजातीहरुको एक संस्था नैं गठन भयो ।
स्वतन्त्र, पूर्व र सुसूचित सहमती
२२ गाउँका १ हजार ३ सय ३३ घरधुरी परिवारवाट विभिन्न १० वटा आधार क्षेत्र वनाएर १ सय ५८ प्रतिनिधिहरु चयन भएछन् । लामा, विपन्न, शिक्षक, महिला, सामुदायिक वन, स्वास्थ्य क्षेत्र जस्ता १० वटा विषयगत क्षेत्र निर्धारण गरिएको रहेछ । त्यो १ सय ५८ जनाको समूहलाई साधारण सभाको नाम दिइएछ । यो हरेक वर्ष वैठक वस्ने नियम वनाइएछ । ती मध्येवाट ४४ जना सञ्चालक वोर्ड चयन भए । अनी ४४ जना भित्रवाट ६ जना पदाधिकारीहरुको सचिवालय चयन गरी दैनिक कार्य सञ्चालन गर्ने गरि संरचनामूलक संस्था गठन भएछ । त्यो संस्थाको नाम ‘अपर अरुण जलविधुत् आयोजना आदिवासी जनाजाती सल्लाहकार परिषद्’ राखिएछ । यो परिषद् भोटखोला गाउँपालिकामा २०७९ पौष २२ गते दर्ता भैं वैधानिक हैसियत पाएको रहेछ ।
यो परिषद्सँग सामाजिक जिम्मेवारी अन्तरगतको काम गर्न पनि अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले ५ वर्षकोलागि भनि ६० करोडको कार्यक्रम संझौता गरेको रहेछ । यस संझौता गाउँपालिकाको रोहवरमा हस्ताक्षर भएको रहेछ । सामाजिक विकास निर्माणका काम अरु जलविधुत् आयोजनामा पनि हुने गर्दथ्ये तर ती काम आयोजना आफैले समुदायको परामर्श गरेको जस्तो गरी सञ्चालन गर्दथ्यो तर यहाँ भने यसको सम्पुर्ण जिम्मेवारी नैं आदिवासी जनजाती र स्थानीय समुदायको संस्था परिषद वनाएर जिम्मा लगाउने कोशिस भएको छ ।
२२ वटा गाँउले वसेर आफ्नो भागमा पर्ने वजेटको आकार अनुसारका कार्यक्रमहरु छनोट गर्दछन् । परिषदका प्राविधिकहरुले लगत इष्टमेट वनाइदिन्छन् । त्यो आयोजनामा पेश हुन्छ अनी आयोजनाले सो अनुसारको कार्यक्रम सञ्चालन गर्ने गरी संझौता भएको रहेछ । हरेक गाउँमा विकास निर्माणको सूची वनाउँदा पूर्वाधार र आर्थिक विकास ३०,३० प्रतिशत, सामाजिक सस्कृति प्रवद्र्धनमा २५ र क्षमता विकासमा १५ प्रतिशत वजेट निर्धारण भएको रहेछ । यो कामकोलागि ५ वर्षकालागि ५५ करोड विनियोजन भएको छ ।
वाँकी ५ करोड भने परिषद्को प्रशासनिक कार्यकोलागि विनियोजन हुने गरी संझौता गरिएको छ । ५५ करोड रकम कार्यक्रमलाई छुट्याएको हो । यो रकम खर्च गर्ने गरी कार्यक्रम तर्जुमा २२ वटा गाउँका समुदायहरु बसेर वार्षिक रुपमा निक्र्यौल गर्दछन् । लगत इष्टमेट तयार हुन्छ । योजना छनोट लगत तयार गर्ने कामको सहजिकरण परिषद्वाट हुन्छ तर योजना कार्यान्वयन र खर्च गर्ने काम अपर अरुण हाइड्रोइलेक्ट्रीक कम्पनीले नैं गर्दछ । अन्तीम भुक्तानीमा परिषदको सिफारिस चाहिने व्यवस्था मिलाएको छ । यो अभ्यास अन्यत्रको भन्दा फरक छ । किनकी अन्य तिरका जलविधुत आयोजनाले आफैले योजना छनौटमा भाग लिने र आफैं खर्च गर्ने चलन छ ।
प्राकृतिक स्रोतका असली हकदार स्रोतका वरीपरी वस्ने हुन् भन्ने मान्यता छ । त्यो प्राकृतिक स्रोतका कारणले पार्ने घाटा तथा चुनौतीका सामाना गरेका हुन्छन् । त्यसैले त्यो स्रोत अरु कसैले प्रयोग गर्ने वा व्यवस्थापन गर्न चाहेमा स्थानीय वासिन्दा वा आदिवासी जनजातीको अनुमती लिनु पर्दछ । यस कुरालाई नेपालको संविधानले समेत मान्यता दिएको छ ।
प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने कुरामा कसैले नकार्न सक्दैन । तर व्यवस्थापन गर्दा त्यो स्रोतलाई जिविकाको साधान वनाएकाहरुको हक हनन् हुने हो की त्यता तर्फ चनाखो हुनु पर्दछ । ती अधिकारवाला समुदायसँग कुराकानी गर्नु पर्दछ । प्राकृतिक स्रोत व्यवसायिक प्रयोग गर्दा समुदायलाई पर्ने हानी नोक्सानी हुदा त्यो सम्वोधनको उपायहरुको खोजी गर्नु पर्दछ भन्ने वहस चलेको धेरै भैसक्यो ।
जलविधुत् आयोजना निर्माण गर्नु पूर्व स्थानीय समुदाय आदिवासी जनजातीहरुसँग छलफल गर्ने गरिएको थियो । आयोजनाले समुदायको विकासको निम्ति काम गर्नु पर्दछ भन्ने मान्यता थियो । सोही अनुसार आयोजनाहरुले सामुदायिक सहयोग कार्यक्रम भनेर प्रभावित क्षेत्रमा विकास निर्माण गरेको सुनिन्थ्यो । तर संखुवासभा भोटखोला गाउँपालिकामा सञ्चालन हुन गैरहेको अपर अरुण जलविधुत् आयोजनामा भने यस सम्वन्धी अलिक फरक अभ्यास देखिएको छ । क्रमसः