काठमाडौं । आफ्नालाई अगाडि सार्ने र पद सुम्पने प्रहरीको चलनचल्ती यसपटक पनि कार्यान्वयन हुँदैछ । डिआईजी किशोर प्रधानलाई पुस १५ भित्र बढुवा नगरे उनी अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपति, कांग्रेसका सांसददेखि सभापति शेरबहादुर देउवा निवाससम्म जोडतोड गरियो । प्रधानलाई एक वर्ष म्याद थपेर राखिएको थियो ।
अहिले प्रधानलाई मात्र एआईजी बनाउँदा सशस्त्रमा असन्तुष्टि बढ्ने भएपछि बागमती प्रदेशका कमाण्डर गणेश ठाडा मगरलाई पनि बढुवा गर्ने तयारी नै गरियो । सशस्त्र र नेपाल प्रहरी विधेयक सरकारले स्वीकार गरी संसदमा पठाएको बेला उमेर हद ६० बनाउने ३० वर्षे हट्ने भनिएको छ । सशस्त्र र नेपाल प्रहरीका सेवा शर्त एकै प्रकारका छन् ।
सशस्त्र प्रहरीले राजनीतिक भेटघाट गर्न नदिने आन्तरिक सर्कुलर गरेपनि तोड्ने काम भानु देउवाका ज्वाइँ दीपेन्द्र कुँवरले गरे । डिएसपीहरु महेन्द्र हमाल, गणेश मल्ल, एसपी होम ज्ञवालीको टिम बनाएका छन् । ज्ञवाली र हमाल मध्य पश्चिमका हुन् भने कुँवर र मल्ल सूदुरपश्चिमका हुन् । गृहमन्त्री नै सुदूरपश्चिमका भएकाले आफ्नो अनुकूलको निर्णय गर्न गराउन यो टोली लागिपरेको छ । राजनीतिक पहुँचले फौजीको स्वार्थ पुरा गर्ने सीमित व्यक्तिको स्वार्थमा फौजका निर्णय गर्नु हितकर हैन ।
सशस्त्रमा ३ एआईजी छन् । अपजसबाट बच्न किशोर प्रधानसँगै वरिष्ठताका आधारमा गणेश ठाडालाई तानिएको बताइन्छ । राजनीतिक पहुँच प्रधानमन्त्रीदेखि कांग्रेसका ज्ञानेन्द्र कार्कीसम्म भएपनि तालिम केन्द्रका प्रमुख कमल गिरीको चलखेलले समावेशितामा मेल नखाएको हो । अहिलेका एआईजीहरु सबै एउटै वर्ग समुदायका छन् । नारायणदत्त पौडेल, वंशी दाहाल, चन्द्र प्रकाश गौतम मध्ये अर्यालपछि वरिष्ठताका आधारमा आईजीपी बन्नेछन् ।