नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनिसकेका छन् । ओली तेस्रोपटक प्रधानमन्त्री हुँदासमेत दक्षिणी छिमेकी मुलुक भारतबाट विदेश भ्रमणको यात्रा तय गर्दथे । तर, चौथोपटक प्रधानमन्त्री हुँदा भारतले औपचारिक निमन्त्रणा नदिएपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु भयो । भारतले नेपालका प्रधानमन्त्री ओलीलाई भ्रमणमा नबोलाएपछि परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा पनि मोदी नेपाल भ्रमणमा आएनन् ।
नेपालका प्रधानमन्त्री ओलीलाई बालाउनु त परै जाओस् । प्रधानमन्त्री ओली अहिले उत्तरी छिमिकी मुलुक चीन भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणको चाँजोपाँजो परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मिलाएकी हुन् । चीन भ्रमण लगत्तै अर्को छिमेकी मुलुक भारत भ्रमणको चाँजोपाँजा पनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मिलाउने सम्भावना त्यत्तिकै छ । यतिबेला नेपालको राजनीतिक वृत्तमा प्रधानमन्त्री केपी ओली कि डा. आरजु राणा देउवा भन्ने चर्चा सर्वत्र चल्ने गरेको छ । प्रधानमन्त्री चीन जानु अगाडि नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन गएर भ्रमणको चाजोपाजो मिलाएकी हुन् । पहिला प्रधानमन्त्रीको विदेश भ्रमणमा परराष्ट्रमन्त्री पनिसँगै जाने परम्परा थियो । तर, यसपटक त्यो परम्परा तोडिएको छ ।
त्यसकारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण अर्थपूर्ण हुने देखिन्छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएसँगै ‘बेल्ट एन्ड रोड’ बीआरआई र वामएकताको एजेन्डा पनि जोडिएको छ । बीआरआई र वामएकताको एजेन्डाले ओली सरकारको आयु निर्धारण गर्ने विश्लेषकको आँकलन छ । यदि बीआरआई र वामएकताको एजेन्डाले प्राथमिकता पाएन भने ओली सरकारको आयु लम्बिने देखिन्छ ।
तर, सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस अहिले नै ओली नेतृत्वको सरकार गिराउने मनस्थितिमा देखिँदैन । बरु उल्टै कांग्रेसको एजेन्डामा प्रधानमन्त्री ओलीलाई सहभागी गराएर सत्ता लम्ब्याउने दाउपेचमा कांग्रेस रहेको पाइन्छ । परराष्ट्रमन्त्री डा. आरजुले पटक–पटक विदेश भ्रमण गर्नुले पनि त्यसको संकेत गर्दछ । यदि कांग्रेस र एमालेले सोचेजस्तो ढंगले चीन भ्रमण फलदायी भयो भने केपी ओलीले पुरा समय सरकारको नेतृत् वगर्ने त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर आगामी २०८४ निर्वाचन सम्पन्न गर्ने देखिन्छ । चीन भ्रमण सफल नभएको खण्डमा यो सरकारको आयु छोटिने निश्चित छ ।

