काठमाडौं । गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि बनाउनेको संख्यामा वृद्वि रहेको छ ।
एक साता (गत आइतबारदेखि शुक्रबारसम्म)को अवधिमा ८९ जनाले नयाँ नागरिकता बनाउँदा एक सय७९ जनाले प्रतिलिपि लिएको गुल्मी जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा प्रशासनबाट नयाँ नागरिकता ८९, प्रतिलिपि एक सय ७९, वैवाहिक अंगिकृत नगरिकता दुई, नाबालक परिचयपत्र १८, राहदानीको आवेदन संकलन दुई सय ९, राहदानी वितरण एक सय २५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ६ सय पाँच, परिचयपत्र वितरणचार सय ६२, संस्था दर्ता तथा नवीकरण तीन र एक सय ३२ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको कार्यालयले जनाउको छ ।
सोही अवधिमा राहदानीबाट दश लाख ९० हजार रुपैयाँ र संस्था नवीकरणबाट तीन हजार ७५० गरी कुल १० लाख ९३ हजार ७५० रुपैयाँ राजस्व सङकलन भएको गैरेले बताए । न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उनले बताए ।

