‘राष्ट्रिय सभामा भ्रष्टाचार विधेयक ऐन सुनाइँदै’

देश/विदेश राजनीति वाग्मती प्रदेश समाचार

काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदैछ ।

राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश सुनाउने कार्यक्रम रहेको छ। यो विधेयक २०७६ साल माघ ६ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला राष्ट्रिय सभामा यो विधेयक २०७९ साल चैत २९ गते पारित भएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकमाथि प्रतिनिधिसभामा २०८० साल भदौ ३१ गते सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल पछि दफावार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । २०८१ साल पुस १८ गते राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गरेको थियो । त्यसलाई यही फागुन ५ गते प्रतिनिधि सभाले पास गरेको थियो ।

प्रतिनिधि सभाबाट पारित भएर फिर्ता भएको सन्देश आज (आइतबार) राष्ट्रिय सभामा सुनाउन लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *