काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् ।
जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई पूर्ण रुपमा रोक लगाएका छन् । ट्रम्पले आफ्ना सहयोगी एलन मस्कलाई सरकार दक्षता विभाग (डोज) को प्रमुख बनाएर खर्च कटौतीको अभियाननै चलाएका छन् ।
यसैक्रममा अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरेका छन् । त्यसमा गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध गरिएको छ । साथै यसो नगर्ने कर्मचारीले राजीनामा दिन इमेलमार्फत भनिएको छ । मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो ।