धुम्रपान र मध्यपानले स्वास्थ्यमा जटिल समस्या

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अधिकांश नेपालीहरु कुलतमा फस्दै गइरहेका छन् । चाहे युवायुवती हुन् वा चाहे बुढाबुढी नै किन नहुन् धुम्रपान र मध्यपानको सेवन गर्नेहरुको प्रतिस्पर्धा चलिरहेको छ । नेपाली बजारमा खासगरी नक्कली मदीराहरु बिक्रि बितरण भई रहेको छ । नक्कली मदिराको कारण जन–स्वास्थ्यमा हानिकारक बनिरहेको छ । धुम्रपान र मदिराकै कारण क्यान्सर रोगीहरु पनि बढ्दै गएका छन् । बजारमा बिक्री बितरण गर्ने मदिरा गुणस्तरीयहिन पाइने र धेरै नाफा खानको लागि सक्कली मदिराको बिर्को र बोतल प्रयोग गरेर नक्कली रक्सी मिसावट गर्ने र नयाँ स्टिकर टाँसेर बिक्री बितरण गर्ने गरेको पाइन्छ ।

त्यो सँगै विवाह, व्रतमन, पास्नी, छियोर जस्ता भोज भतेरमा विभिन्न ब्रान्डका मदिराहरु बिक्रि बितरण हुने गरेका छन् । भोज भतेरमै मात्र नभएर अधिकांश मानिसहरुले बेलुका पख रक्सी किन्नेहरुको भिड रक्सी पसलमा भिड् लाग्ने गरेको पाइन्छ । त्यस्तै घरेलु रक्सी बनाएर बिक्रि बितरण गर्नेहरुको पनि लर्को नै छ । घरेलु रक्सी स–साना भट्टी पसलदेखि होटल, रेष्टुरेन्टमा बिक्रि बितरण हुँदै आएको छ ।

कतिपय युवा, युवती र विद्यार्थीहरु स्कूल छुटेपछि भट्टी पसलमा मदिरा पिएर लठ्ठीएर बसेको अवस्था पनि यदाकदा देख्न सकिन्छ । विद्यार्थी र सर्वसाधरणहरु भट्टीमा धाउने र मदिरा सेवन गर्नेको लर्को त्यतिकै छ, भने अर्कोतिर भट्टी पसलेहरुले त्यस्ता विद्यार्थी र युवा युवतीहरुलाई मदिरा सेवन गर्न दिइरहेका छन् । मदिराले लठ्ठीएपछि तीनै मदिरा सेवन गर्नेहरुलाई गाली बेजती शब्द प्रयोग गर्ने र उनिहरुको पैसा झिकिदिने सम्मको धन्दा चलाउने गरेका छन् ।

मदिरा सेवन गर्नको लागि एरिया अथवा मापदण्ड तोकेर बिक्रि बितरण गर्नु पर्ने निति, नियम सरकारले बनाएर लागू गर्न सकेको छैन । मदिराको विज्ञापन पत्रपत्रिकामा गर्न नपाइने भनेता पनि सोसल मिडियामा यदाकता मदिराको विज्ञापन देख्न पाइन्छ । सरकारले पनि मदिरा सेवन गर्नेहरुलाई स्वास्थ्यको बारेमा जन चेतना मुलक सुचना दिएर सर्तकता गराउन सकेको छैन । सरकारले उनै मदिरा उत्पादन गर्ने उद्योगीहरुसँग समन्वय गरेर मदिरालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको हेक्का पनि छैन । उल्टै मदिरा उद्योगीहरुले सरकारलाई तिर्नुपर्ने राजस्व समेत छलेर मदिरा बिक्रि वितरण गरिरहेका छन् ।

देशमा तिन तहको सरकार सञ्चालन रहेको छ । तिनै तहको सरकारले मदिराको विज्ञापन पत्रपत्रिकामा प्रकाशित गर्न बन्देज गरेता पनि मदिरा बिक्रि बितरणमा रोक लगाउन सकेको छैन । कतिपय मानिसहरुले मदिरा सेवनबाटै ज्यान गुमाउने गरेका छन् । मदिरा कै कारण घर र टोल–टोलमा झैं–झगडा हुने र कुट्पीट्को घटनापनि हुने गरेको पाइन्छ । अधिकांश नेपालीहरुले बरु छोराछोरीलाई कपि कलम किन्ने पैसा नदिएर मदिरा र सुर्तीजन्य पदार्थमा खर्च गर्ने परिपार्टी बसिसकेको छ । मदिराको लतमा फसेसँगै बेरोजगार मानिसहरुले काम नपाएर तास, जुवा खेलाउने धन्दापनि त्यतिकै चलाई राखेका छन् ।

जुवा तास खेलाएसँगै मदिरा पिलाउने र योन धन्दा चलाउने पनि त्यतिकै चलिरहेको छ । तर, गृह मन्त्रालयले भने त्यस्ता मदिरा सेवन गर्ने र जुवा तास खेलाउनेलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सकेको छैन । अर्को तर्फ भारतको खुला सिमानाको कारणले पनि भारतबाट लुकिछिपी ल्याइने विभिन्न खालका गुट्का, पानपराग,करेन्ट, हुक्का जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्नाले एकातिर मानिसको स्वास्थ्यमा हानिकारक पुगेको छ, भने अर्कोतिर आर्थिक भार बढ्दै गएको छ । आर्थिक भार मात्रै बढेको छैन ।

मदिरा र सुर्तीजन्य सेवन गर्नाले स्वास्थ्यमा विभिन्न रोगहरु लागेसँगै क्यान्सर समेत हुने गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत एक तथ्याङ्कले देखाउने गरेको छ । त्यसले गर्दापनि आम सर्वसाधरण मानिसहरु धुम्रपान र मध्यपान बाट टाढा बस्न जरुरी देखिन्छ । धुम्रपान र मध्यपान गर्नेहरुलाई भन्दापनि नगर्नेहरुलाई स्वास्थ्यमा बढि समस्या पर्ने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *