आठ महिनामा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ

विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ रहेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार फागुनमा मात्र ५५ विदेशीले यस्तो श्रम स्वीकृति लिएका हुन् ।

यस वर्ष ८ महिनामा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । फागुनमा मात्र १ सय १३ विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको विभागले जनाएको छ । फागुनसम्म विभागले २६ प्रतिष्ठानमा अनुगमन गरेको छ । जसमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको अनुगमन गरिएको समेत विभागले जनाएको छ । श्रम स्वीकृति लिनेमा बेलायत र अमेरिकाका समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *