कालिका भगवती मन्दिरमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । चैते दशैँको अवसरमा कालिका भगवती मन्दिरमा ४२ लाख ६३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।

नवरात्रको अवधिभर रकम सङ्कलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष दुई लाखभन्दा बढी भेटी सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दशैँको अवसरमा यस वर्ष सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिए ।

बागलुङ कालिका मन्दिरमा बडादशैँ र चैतेदशैँ अनि शनिबार र मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *