नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो । आज दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक मात्रै सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *