भुतपूर्व बेलायती र सिङ्गापुरे लाहुरेको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

विविध समाचार

काठमाडौं । बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित ६ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बागलुङ नगरपालिका-४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।
बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *