काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको स्वार्थमा काम नगर्दा र प्रधानमन्त्री केपी शर्मा ओलीका व्यापारीको विद्युत लाइन काट्न खोज्दा आक्रमणको तारो बनेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् यतिबेला आएर यता–न उता भएका छन् । कार्यकारी निर्देशक घिसिङ् र ऊर्जामन्त्री खड्काको टसलले गर्दा विद्युत् प्राधिकरणको अवस्था डामाडोलहुँदै गएको छ । सरकारलेपनि कुलमानलाई हटाउन चलखेल गरेको प्रयास सफल भएनन् । छोटो समय बाँकी रहँदा काम गर्दागर्दैको कुशल व्यवस्थापकलाई मिथ्या आरोप लगाएर जागिरबाट हटाउने डिजाइन सर्वत्र विरोधको सामना गरेको सरकार आलोचित भएको छ ।
प्रधानमन्त्री ओलीले कुलमानलाई हटाएर शाक्य ल्याउन चाहन्थ्ये कांग्रेसले तत्कालीन विवादित पूर्वसचिव अर्जुन कार्कीलाई नियुक्त गर्ने दाउमा थियो । सत्तापक्षले प्रस्तुत गरेका नामहरु अस्वीकार भए । तत्कालीन कार्यकारी निर्देशक कार्कीले लोडसेडिङ बढाएर जनतालाई अन्धकारमा राख्ने क्षमता भएका कर्मचारी हुन् । उनी सहरी विकास सचिव भएका बेला भूकम्पको त्रिपाल काण्ड मचाएका थिए ।
कांग्रेसभित्र भ्रष्ट ऊर्जामन्त्री दीपक खड्कालाई फिर्ता गराउन दबाब परेको छ ।
खड्का आफै पनि स्काउटको जमिन भाडा नतिर्ने खड्गल्यान्डका मालिक हुन् । पार्टीको सभापति बनाउन सय करोड उठाउन विद्युतका ठूला आयोजना र सौर्य ऊर्जाको ठेक्का आफ्नो मान्छेलाई दिलाएर कमिसन उठाउन चाहन्थे । त्यो सपना पुरा गर्न विद्युत प्राधिकरणबाट सफल नहुने भएपछि पूर्व कार्यकारीहरु मुकेश काफ्ले र अर्जुन कार्कीको सहारामा कुलमानले लोडसेडिङ अन्त गरेको होइन भनिरहेका मन्त्रीका विरुद्ध जनमत ठूलो रहेको छ ।
कांग्रेसभित्र युवा महामन्त्रीहरूले समेत पार्टी स्वच्छ बनाउन नसक्ने अवस्था कांग्रेसमा छ । पार्टीको नाम जताततै बदनाम भइरहेको छ ।

