जापान बन्यो फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो देश

खेलकुद समाचार

काठमाडौं । बहराइनलाई २–० ले हराउँदै जापान पुरुष फिफा विश्वकप २०२६ को लागि छनोट हुने पहिलो राष्ट्र बनेको छ ।

दाइची कामदा र ताकेफुसा कुबोको दोस्रो हाफमा गोलले जापान लगातार आठौं पुरुष विश्वकपमा छनौट भएको हो । जापान पछिल्ला दुई विश्वकपमा राउन्ड अफ १६ मा पुगेको थियो, जबकि उनीहरूले पहिलो पटक १९९८ मा छनोट भएका थिए, जुन कोरिया गणतन्त्रसँगै विश्वव्यापी फुटबल प्रतियोगिता आयोजना गर्नुभन्दा चार वर्ष अघिको कुरा हो ।

बिहीबारको जितले एसियाली छनोटको समूह सी मा दुई सिधै छनौट हुने स्थान मध्ये एकमा जापानले स्थान सुनिश्चित गरेको छ । जापानले तीन खेल बाँकी रहँदा आफ्नो विश्वकपको यात्रा सुनिश्चित गरेको हो । योसँगै २०२६ को विश्वकपमा जापानसहित सह(आयोजक क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका खेल्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *