साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी

विविध समाचार

काठमाडौं । साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच आइतबार भेटवार्ता हुने भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन्। अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट हुने जनाइएको छ।

रुस(युक्रेन युद्धमा दैनिक हजारौँ सैनिक तथा सर्वसाधारणको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेको छ।
अमेरिकाले सोमबार रुससँग वार्ता गर्ने योजना बनाएको छ। २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध तेस्रो वर्ष पुरा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *