काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
सरकारको प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले प्रतिवेदन आफ्नो साइटमा राखेको थियो । राष्ट्रपति पौडेलले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त हुने बताएका छन् ।

