चारवटा विषय निजामतीमा टुंगो लाग्न अझै बाँकी

राजनीति समाचार

काठमाडौं । संघीय निजामती सेवा विधेयक सहमति नजिक पुग्दा चार वटा विषयमा भने अन्तिम टुंगो लाग्न बाँकी नै रहेको छ ।

अवकाशको उमेर ६० वर्ष पुर्‍याउनेमा सहमति भएको छ । हाल अवकाशको उमेर ५८ वर्ष छ । ५८ वर्षबाट सिधै ६० वर्ष पुर्‍याउने कि ६र६ महिना वा एकरएक वर्षको अवधिमा लागू गर्दै जाने भन्नेमा टुंगो लागेको छैन ।

लोकसेवा आयोगले सिधै ६० वर्ष लागू गर्ने सुझाव दिएको छ । तर, सांसदहरूले विधेयक ऐनमा रुपान्तरित भएको पहिलो वर्ष ५९ र दोस्रो वर्ष ६० वर्षमा अवकाशमा जाने गरी व्यवस्था राख्नु उचित रहेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *