छ एआइजीका सात प्रतिस्पर्धी

राजनीति समाचार

काठमाडौं । कुरा जति काटे पनि दानबहादुर कार्की, डा. मनोज केसी एआइजी बढुवामा अगाडि पर्नुपर्ने अधिकृत हुन् । क्षमता र कार्यकुशलतामा चन्द कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, राजन अधिकारी, सिद्धिविक्रम शाहमध्येबाट अबको ६ महिनापछि आइजीपी बन्ने हुन् । यहाँ भावी आइजीपीको लागि कार्की, केसी र शाहकै बीचमा प्रतिस्पर्धा हुने बताइन्छ । तिनै शाहलाई ललितपुरको कमाण्डमा कमजोरी देखाएर कोरियन भाषा प्रशिक्षण पास गरेर बसेकाको र इपिएस काण्ड लगाएर फिर्ता गरिएको थियो । तर उनी मध्यपश्चिमका ठकुरी भएकाले त्यो विषय क्षमतासँग जोडिँदैन ।

उता यहीबेला ६ जना अतिरिक्त महानिरीक्षक पद खाली छ । ती पदमा ६ जना डिआइजीको बढुवा हुँदा डिआइजीका दाबेदार एसएसपीहरूको बढुवाको बाटो खुल्छ । त्यसपछिका पदहरु एसपी, डिएसपी र निरीक्षकहरूको स्थान संख्या कार्यक्षमताअनुसार बढुवा हुने हो । नेपाल प्रहरीमा बढुवा हुन र इज्जतिलो ठाउँमा पुग्ने दाउ गर्नेले राम्रै खर्च गर्छन् । अहिले झन् कांग्रेस र एमालेका भ्रष्टहरूको बिगबिगी छ । पेट नभएको र कमाइ नगर्ने त माओवादीका क्रान्तिकारीहरू पनि छैनन् । तिनले कार्यकर्ताका अगाडि क्रान्तिकारी बनेर बिचौलियामार्फत काम गर्छन् । तर कांग्रेस र एमालेले सिधा हाकाहाकी माग्छन् ।

काम पनि तिनको विश्वासयोग्य हुन्छ । संगठनको गरिमा बचाउने र विवादरहित निर्णय गर्नेहरूको राजनीति पहुँच दरिलै हुन्छ । वर्तमान गृहमन्त्री रमेश लेखक उपल्लो तह मात्र होइन, प्रहरी र सशस्त्रको हवल्दार असई र सईको बढुवामा पनि हस्तक्षेप गर्ने गरेका छन् । उनको त्यो हस्तक्षेप डा. आरजु राणाको इच्छामा हुने गर्छ । राणालाई पैसा जति भएपनि नपुग्ने प्रधानमन्त्री केपी ओलीको साथ छ । राणाले भनेपछि प्रधानमन्त्रीले हुँदैन भन्दैनन् किनकि कांग्रेस दुई वर्षसम्म ओलीकै पक्षमा होस् भन्ने ध्यान छ । जनता राष्ट्र यिनको चासोमा पर्दैनन् । भ्रष्टाचार यो सरकारको समृद्धि बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *