प्रहरी नायब निरीक्षक घुस रकमसहित अख्तियारद्वारा पक्राउ

प्रशासन समाचार

काठमाडौं । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक(सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको हो ।

बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरिदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *