काठमाडौं । आफ्ना विश्वास प्राप्त बाहेक पार्टीमा अरुलाई गन्न छाडेका प्रधानमन्त्री ओली अहिले पछुताएका छन् । उनकै कारण झापा ३ र ५ मा राप्रपा र नेकपा एमाले मिलेर चुनाव लडेका हुन् । एमाले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, बाँके, जुम्लामा आफ्नो उम्मेदवारलाई फिर्ता गराएर राप्रपाको काँध थाप्यो । अध्यक्ष ओलीका अगाडि शिर ठाडो गर्न नसक्ने नेताहरू अहिले भन्न थालेका छन्, ‘नजिकको शत्रुभन्दा टाढाको मित्रबाट धोका हुन्छ ।’ राप्रपाको बिउ जोगाउने प्रधानमन्त्री केपी ओलीलाई अहिले त्यही भयो ।
पार्टी फुटाएर कांग्रेसी न्यायाधीश प्रयोग गरेर बालुवाटार काण्डमा उपाध्यक्ष विष्णु पौडेललाई जोगाउँदा ओली मिनबहादुर गुरुङबाट पार्टीका लागि जग्गादान लिए । तर त्यो जग्गा गुरुङको नाममा भए नभएको मतलब गरेनन् कालो गुरुङ पत्नीको नाममा भएको त्यो जमिन नेकपा एमालेको नाममा आएको छैन। आफू मात्र सबैतिरको विज्ञ ठान्ने अध्यक्षको यो चाहनामा ताली ठोक्ने छौडा र ढेडुहरु पनि अहिले चुपचाप छन् । वामपन्थी शक्ति मास्ने र एनजीओबाट सञ्चालित जत्था च्याप्दा पार्टीसमेत बदनाम छ ।
राप्रपाले राजा ल्याउँछौं भनेर दुर्गा प्रसाइँजस्ता अराजकलाई बोक्दा प्रधानमन्त्री डराउनुको कारण कम्बोडिया प्रकरण हो । प्रसाइँले एमाले सचिव गोकर्ण बिष्ट र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कम्बोडियाको लगानी बारेमा आफूले ल्याएको रिपोर्ट देखाउँदै भने म तथ्य र सत्यका आधारमा बोल्छु । आफै अराजक अनुशासनहीन मान्छेले अरुलाई अराजक भन्दा आफै हाँसोको पात्र बन्छ । आज नेकपा एमाले यस्तै भएको छ । पार्टीका अध्यक्षबाट आशिर्वाद पाएकाहरू बाहेक पार्टीभित्र विकल्प खोज्न थालिएको छ ।
एमालेविरुद्धको पछिल्लो आक्रोश भनेका सरकारको नेतृत्व पार्टी अध्यक्षले गर्ने तर आफ्नै पार्टीको अधिनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा कालोबजारी र महंगी नियन्त्रणमा चासो नदिनु हो । विद्युतको महसुल नतिर्ने र कालोबजारी बढाउनेहरू प्रधानमन्त्रीको संरक्षण छन् । एमालेका भगिनी संगठनका रित्तो थाल र खाली सिलिण्डर भरिभराउ भएको जस्तै छन् । यो प्रश्न यो बेला उठ्यो जुनबेला एमाले अध्यक्षकै नेतृत्वमा कांग्रेस जस्तो भ्रष्टाचारी सञ्जालसँग प्रधानमन्त्रीको कुर्सी साटासाटको सम्झौता भएको छ ।
कांग्रेसको संस्थापनले कुनै विषयमा चासो दिँदैन । किनकी डा.आरजु राणा सर्वेसर्वा छिन् । देवर बाबुहरूले पार्टी हाँकेका छन् । संस्थापनलाई विश्वासमा लिएर पार्टी हाँक्दा गगन थापा र डा.शेखर कोइराला विभाजित भएका छन् । कांग्रेसमा गुट फुट्नु र राजावादी चम्कनुमा ओली सरकारको विकृति हो ।

