कांग्रेस–एमाले सरकारका चार मन्त्रीको कार्यसम्पादन शून्य

राजनीति समाचार

काठमाडौं ।  कांग्रेस र एमाले गठबन्धन सरकारका मन्त्रीमध्ये उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का सबैभन्दा निकम्मा बनेका छन् । खड्का मन्त्री भएदेखि नै विभिन्न विवादमा तानिँदै आएका छन् । खड्का मन्त्री भएदेखि विवादमा मुछिइरहँदा कांग्रेसले पनि उनलाई फिर्ता बोलाउन सकेको छैन । खड्काले सम्हालेको उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गत पर्ने विभिन्न योजना, आयोजनाको कामसमेत अलपत्र परिरहेको छ ।

मन्त्री खड्का भने कहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने एजेन्डामा त कहिले सिचाईं विभागको महानिर्देशक फेरबदलमै आठमहिने कार्यकाल बिताइरहेका छन् । मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सफल त भए, तर सवत्र्र आलोचना खेपिरहेका छन् । त्यसैगरी एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले पनि फलामका डन्डी, खाना पकाउने ग्याँस र सिमेन्ट उद्योगीहरुसँग मिलेमता गरी मृल्य बृद्धि गराएर आर्थिक लाम लिँदै आएका छन् । त्यसले गर्दा मन्त्री भण्डारीले उद्योगीहरुसँग मिलेर मूल्य वृद्धि गराएर उपभोक्तालाई मारमा पारेको आरोप खेपिरहेका छन् ।

त्यसैगरी कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेले पनि मन्त्रालय चलायमान बनाउन नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त भएको स्रोतको भनाइ छ । त्यसैगरी जसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका सदरसिंह भण्डारीले बेरोजगार युवाहरुको लागि स्वरोजगारमुलक कार्यक्रम ल्याउन सकेका छैनन् ।

उल्टै नयाँ–नयाँ मुलुकसँग श्रम सम्झौता गरी मानव तस्करीहरुलाई ठगीधन्दामा सहयोग पु¥याउने काम गरेको आरोप छ । उता, खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले पनि विभिन्न खानेपानी आयोजना र योजना प्रमुखहरुलाई सरुवा गरेर ठेक्कापट्टामा बार्गेनिङ गरी कमिसन खाने काम गर्दै आएको स्रोतको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *