काठमाडौं । देशको भाग दौड सम्हालि रहेका व्यक्तिहरु नै जातीय विभिदको रङ्ग मञ्चमा होमिँदा मुलुक अन्धकार तिर धकेलिएको छ ।
देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाले व्यक्ति, व्यक्तिबीचको विभेदको मुद्दामै वकालत गरिरहँदा देशको हरेक पक्षका समस्याको बारेमा राज्यलाई रुबरु हुने मौका कमै मात्रमा मिल्ने गर्दछ ।
केन्द्र सरकार जस्तो बलियो स्थानीय सरकार बनाएका छौं,हामीले ! यो सरकार यति बलियो छ, कि केन्द्र सरकारले पठाएको कम्तिमा उपसचिव अर्थात् प्रमुख प्रशासकीय अधिकृत, मेयर, उपमेयर, अध्यक्ष या उपाध्यक्ष मन नपरे स्थानीय सरकारमा हाजिर हुन नसकेर काठमाडौंमा फर्किनु पर्ने हुन्छ । तर, सिरहा औरही गाउँपालिका–५ मा पालिका अध्यक्ष शिवजी यादव र मधेसमा उदाएका अमेरिकामा महिनाको १४ लाख तलब भएको वैज्ञानिकको जागिर छाडेर देश र मधेस सुधार गर्न आएका डा.सीके राउतका पार्टी अध्यक्षपनि गाउँपालिकाका अध्यक्षसँगै महायज्ञ लगाउने स्थान दीपक मल्लिक (डोम)को घर भत्काइदिएका थिए ।
स्कुलको जग्गामा सानो घर बनाएको ठाउँमा महायज्ञ लगाउने स्थान खोजियो जुन दलित समुदाय बस्ने घर थियो । लाज मर्दो त, के थियो भने महायज्ञ लगाउने ठाउँमा दलितको घर पर्यो, दलित बसेको माटोपनि अपवित्र हुन्छ भन्दै घरभित्र रहेको दुई फिट खाल्डो खनेर माटो समेत फालिदिएको छ । यो संविधान र कानुन विपरीतको काम हो । यो विषय गत बिहीबार संसदमा जोडतोडसँग सांसदहरुले उठाएकी मानौं, देशको राष्ट्रिय मुद्दाको विषय एउटै यही नै हो,भनेर ।
चैत १० गते आइतबारपनि यस विषयले ठाउँ पाएको थियो । जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिँदा यसले के सावित गर्छ भने हामी अझैं यो भन्दा माथि उठ्न नसकेको कुरालाई इङ्कित गर्छ । सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिएपनि पीडित परिवारले अझैं असुरक्षित महसुस गरिरहेको पिडित पक्षको भनाई रहेको छ ।
गणतन्त्र आएपछि तीनवटा राष्ट्रपतिहरु यो मुलुकले फेरि सकेको छ । कम्युनिष्टहरु त, मान्छेको अन्तर्राष्ट्रिय जाति हुन्छ भनेर गित गाउँदै शत्तामा पुगेकोपनि दशकौं भइसकेको छ । हाम्रो दिन, समय मात्रै अघि बढेको हो, हाम्रो सोच हिजोको दिनमा जे–छ आजपनि त्यही नै बोकीँ हिँडी रहेका छौं । यस्ता राज्यपक्षका कयौं घटनाले छर्लङ्ग पारेको छ ।

