काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तीनकुने आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले चैत १५ गते तीनकुने घटनामा पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको भन्दै कानुनको दायरामा ल्याउन उनले माग गरेकी हुन् ।
संविधान र कानुनभन्दा माथि कोही नभएकोले पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरेकी छिन् ।

