काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।
यस अघि आर्थिक वर्ष २०२३/२४ मा नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत रहेको थियो । विश्व बैंकद्वारा आज सार्वजनिक नेपाल विकास प्रतिवेदनस् आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन प्रतिवेदनका अनुसार, यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुने उल्लेख छ ।
प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५।४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।

