ओली नेतृत्वको सरकार राजनीतिक विश्लेषणका आधारमा व्याख्या गरेको हो: प्रचण्ड

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवादका आधारमा ओली नेतृत्वको सरकार २०८२ सम्म रहने आधार नभएको राजनीतिक विश्लेषणका आधारमा बताएको प्रस्टीकरण दिएका छन् ।

बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार
धेरै समयसम्म जाने स्थितिमा नरहेको तर्क राख्दै यस्तो बताएका हुन् । साथै उनले आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति आपत्ति जनाउँदै आफूलाई कुनै कुण्ठा नभएको समेत बताएका छन् ।

उनले सरकार असाध्यै अपारदर्शी रहेको भन्दै दलाल र बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको बताएका छन् ।
उनले झापादेखि रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको पनि बताए । उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *