सीके राउत र रेशम चौधरीको एकता किन भाडियो

राजनीति समाचार

काठमाडौं । मधेशका मठाधिस उपेन्द्र, महन्त र राजेन्द्रहरूलाई झट्का दिन पूर्वमा सीके राउत, मध्यपश्चिम र सुदूरपश्चिमका तराईका जिल्लामा रेशम चौधरी भए काम पुग्छ भनेर पार्टी एकता गर्ने भनिए पनि एकता प्रक्रिया रोकिएको छ । सांसद रञ्जिता श्रेष्ठ, सहअध्यक्ष सीके राउत, अध्यक्ष रेशम चौधरी संरक्षक बनेर प्रज्ञामा एकता हुँदै गर्दा सर्वोच्चका सनकी एक अधिकृतको पत्रले पैदा गरेको सनसनीबाट रेशम चौधरी र सीके राउत शान्त हुन सकेनन् ।

चौधरी कैलाली काण्डका प्रमुख दोषी थिए । अदालतले कारावास तोक्यो, तर राजनीतिले अपराध माफी गरायो । ठूला साना सबै दलमा अपराध कर्मबाट सिंगारिएका नेता छन् । तिनले यही संविधान अनुकूल न्याय पाउने रेशम चौधरीले नपाउने भन्ने होइन । कानुनले कांग्रेस र एमालेको सहकारी ठगीलाई वैध ठान्छ भन्ने कुरा सहकारी ठगहरू जोगिनु नै प्रमाण हो । प्रधानमन्त्री संविधानभन्दा माथि छन्, उनको मुख नै कानुन हो ।

खेल यी दुईलाई मधेसमा बलियो बन्न नदिने हो । किनकि मधेसका राजनीतिक ठेकेदारहरू खस्कँदै छन् । महन्तको पार्टी पनि ओरालो लाग्दै गर्दा मधेशवादी समाजवादी मोचा घोषणा त भयो, त्यहाँ राउत र चौधरी भने सरिक थिएनन् । उपेन्द्र, राजेन्द्र, महन्थसम्मलाई जनप्रगतिशील पार्टीले एक ठाउँमा ल्याएपनि मोर्चा संगठित भएको थिएन । चौधरीको गिरफ्तारी र रिहाइमा तिनै पो थिए कि शंका अझै बढेको छ । रेशम चौधरी र सीके राउतलाई एकता रोक्नको लागि राजेन्द्र महतो र उपेन्द्र महतको डिजाइन रहेको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *