निजामतीमा भावी मुख्यसचिवको खडेरी

राजनीति समाचार

काठमाडौं । सरकारले अध्यादेश ल्याएर सबै राजनीतिक नियुक्ति खारेज गरेको छ भने निवर्तमान शुशिला कार्की नेतृत्वको सरकारले नियुक्ति गरेको मुख्यसचिव सुमन अर्यालको जागिरे अवधि आगामी असार २६ उमेर हदको कारण जाँदैछ । मुख्यसचिव हुने लाइनमा बसेका पुष्करहरि कर्ण र मधुसुदन बुर्लाकोटीको जागिर पनि आगामी असार २३ मै जाने छ । अब सरकारले भावी मुख्यसचिवमा कसलाई ल्याउँछ भन्ने चर्चा कर्मचारीभित्र चल्न थालेको छ ।

भावी मुख्यसचिवको लाइनमा रहेका पुष्करहरि कर्ण र मधुसुदन बुर्लाकोटीपछि किरण शर्माको नाममा अग्रस्थानमा रहेको छ । उनको जागिरे अवधि पनि आगामी भदौसम्म मात्रै छ । थोरै अवधि भएपनि मुख्यसचिव बन्ने सौभाग्य शर्माको रहेको देखिन्छ । तर, उनी अमेरिकाको पीआर धारी हुन् । उनका श्रीमती र छोरा अमेरिकामा बस्दै आएका छन् । शर्माका छोरा र श्रीमती अमेरिकामा भएकाले उनी पनि पटक–पटक अमेरिका जानेआउने गरिरहन्छन् । शर्मा निजामती कर्मचारीभित्र अमेरिकी पीआरधारीको रुपमा चित्रित गरिन्छ । त्यसले गर्दा भावी मुख्यसचिवमा सरकारले प्रशासनिक क्षेत्रबाट ल्याउँछ कि प्राविधिक क्षेत्रबाट ल्याउँछ त्यो एकिन भएको छैन ।

सरकारले आगामी जेठ १५ गतेभित्र आ.ब. २०८३÷०८४ को बजेट सार्वजनिक गर्दै छ । नयाँ बजेट सार्वजनिक भएसँगै मुख्यसचिवको जागिरे अवधि पनि समाप्त हुँदैछ । त्योसँगै सरकारले १० वर्षसम्म सह–सचिवमा कार्यरतलाई स्वतःह अवकास दिने भन्दै छ । त्यस अवकासमा कुन–कुन र कति सह–सचिव अवकासमा जान्छन् त्यो निश्चित छैन । त्योसँगै कतिपय सचिवहरु पनि उमेर हदका कारण बिदा हुँदैछन् । भर्खरै सह–सचिवबाट सचिवमा बढुवा भएर गण्डकी प्रदेशमा पुगेका डुण्डुराज घिमिरेलाई पोखराको एयरपोर्ट घोटाला काण्ड लागेको छ ।

घिमिरे निजामती क्षेत्रमा साझो र इमानदार कर्मचारीको रुपमा गनिन्थे । तर, घिमिरेले पोखरा विमानस्थल निर्माणको टिप्पणी फाइल उठाउँदा उनी भ्रष्टाचारमा मुछिन पुगे । छानविछन गर्दै जाने हो भने घिमिरेजस्ता अन्य सचिवहरु पनि भ्रष्टाचारमा नमुछिएलान् भन्न सकिँदैन । चिजामती क्षेत्रमा यतिबेला मुख्य सचिव बन्न योग्य कर्मचारीको खडेरी पर्न थालेको छ । प्राविधिक क्षेत्रबाट ल्याउने हो भने सिनियरको हिसाबले शहरी र भौतिक सचिव गोपाल सिग्देल पर्ने सम्भावना छ । तर, सिग्देलको जागिरे अवधि पनि आगामी असोजसम्म रहेको बताइन्छ । त्यसले गर्दा भावी मुख्यसचिवमा कसले बाजी मार्छ त्यो एकिन भइसकेको छैन ।

सरकारले पनि भावी मुख्यसचिवमा सर्वोच्च अदालतको न्यायाधीश जस्तै सिनियरलाई पाखा पारेर जुनियरलाई मुख्य सचिव बनाउँछ छ त्यो प्रतिक्षाको विषय बनेको छ । सरकारले प्रायःजसो मुख्यसचिव, सुरक्षा प्रमुख र सर्वोच्चको प्रधान न्यायाधीशलाई जेष्ठता र योग्यताको आधारमा मान्यता दिँदै आएको थियो । तर, बालेन्द्र सरकारले भने त्यसलाई तोड्न थालेको छ । त्यसले गर्दा पनि भावी मुख्यसचिव सिनियरलाई बनाउने हो कि जुनियरलाई ल्याउने हो भन्ने कौतुहलता कर्मचारी वृत्तमा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *