टेलिकमभित्रको भ्रष्टाचार तामाकोशी सन्देशद्वारा पुष्टि, प्रबन्धक निर्देशक सहित १८ लाई मुद्दा

विविध समाचार

काठमाडौं । नेपाल टेलिकमभित्र भ्रष्टाचार विकृति र बिसङ्गति बढेर गएसँगै टेलिकम दिनप्रतिदिन धरायसीबन्दै गएको थियो ।

टेलिकम भित्र भ्रष्टाचार र विकृति बढेसँगै तामाकोशी सन्देश प्रतिनिधिने बास्तविकता कुरा पत्ता लगाउनको लागि बिहानदेखि बेलुकासम्म पन्ध्र दिन लगाएर टेलिकम भित्र भएको विकृति र भ्रष्टाचारको समाचार सम्प्रेषण गर्न थाल्यो । सो समाचार सम्प्रेषण गर्न थालेपछि केही विचौंलियाहरुले धम्कीपूर्ण गाली सहित अशब्द शब्द प्रयोग गरी तर्साउने काम हुँदै आएको थियो । तर्साउने काम भएतापनि विगत लामो समयदेखि समाचार सम्प्रेषण गर्न नडराई समाचार सम्प्रेषण गर्दै आएको थियो ।

तत्कालीन टेलिकमकी प्रबन्धक निर्देशक कामिनीराज भण्डारीको पालामा फाइबर बिच्छ्याउने नाममा भएगरेको भ्रष्टाचार तामाकोशी सन्देशले पटक–पटक सम्प्रेषण गरेको थियो । सो समाचार सम्प्रेषण गर्दा केही पत्रकारहरुले फाइदा लिएका थिए भने प्रेस काउन्सिल नेपालले टेलिकमको न्यूज सम्प्रेषण गरेबापत कारण देखाउ आदेश र तामाकोशी सन्देशलाई खण्डनको चिठी समेत पठाएको जगजाहेरै छ । तर, तामाकोशी सन्देशले टेलिकम भित्र हुने गरेको भ्रष्टाचार,विकृति,बिसङ्गतिको बारेमा नडग्मगाइकन समाचार सम्प्रेषण गरिनै रह्यो । सो समाचार फाइबर बिच्छ्याउने नाममा लागत बढाएर भ्रष्टाचार गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले तत्कालीन प्रबन्धक निर्देशक कामिनीराज भण्डारी माथि अख्तियारले छानबिन अगाडि बढाउको थियो । त्यसको साथसाथै टेलिकमभित्रको विभिन्न समाचार तामाकोशी सन्देशले सम्प्रेषण गर्दै आएको थियो ।

अर्को तर्फ २०८१ साल असार ५ गते र मंसिर २६ गते वर्ष १४ अङ्क १५ मा टेलिकम भित्रको बिलिङ मेसिन मर्मतमा अर्बौंको चलखेल शिर्षक राखेर समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि यताका दिनहरुमा पनि टेलिकम भित्रको भ्रष्टाचार र बिलिङ मेसिन मर्मत सम्भारको नाममा भएको अनिमितताको समाचार तामाकोशी सन्देशले सम्प्रेषण गर्दै आएको थियो । सो समाचार अहिले आएर पुष्टि हुन पुगेको छ । टेलिकम भित्र यस्ता विकृति र भ्रष्टाचारको समाचार सम्प्रेषण गरेर साध्य छैन । टेलिकमको देशैभरी ठूलो सञ्जाल रहेतापनि टेलिकम भित्रका बिकृति र विसङ्गतिको चाङ्, कर्मचारीको मनपरी तन्त्र, सामान खरिदमा लापरवाहीपन, ठेक्कापट्टामा कमिसनको चक्करले गर्दा नेपाल टेलिकम पछिल्लो पटक आएर दिनप्रति दिन धरायसी बन्दै गएको छ । जे होस् नेपाल टेलिकम भित्रको भ्रष्टाचारलाई अख्तियार दुरुपयोग आयोगले सुनुवाइ गरेर छानबिन गरि भ्रष्टाचारको मुद्दा दायर गर्ने काम गरेको छ । त्यसले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सबै नेपाली सर्व साधारण जनताको धन्यबादको पात्र बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *