काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार सात गतेसम्म रातिको समयमा बन्द हुने भएको छ ।
जेठ ३० गतेदेखि राति साढे दश बजेदेखि बिहान तीन बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्नको लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकोले सात असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ ।

