काठमाडौँ । एमालेको उपाध्यक्षबाट राष्ट्रपति भएकी विद्या भण्डारी पार्टीमा क्रियाशील हुँदा अध्यक्ष केपी ओलीलाई छटपटी भएको छ । मानव तस्करदेखि भ्रष्टाचारका ठूलाठूला योजनामा फस्दा पनि आफ्नै दोस्ती प्रेम राई मार्फत जोगिएका ओलीले चलाएको एकद्वारको शासनबाट कार्यकर्तामा समेत आक्रोश थपेको छ । पार्टी सरकारमा छ भनेर ठाडो शिर गर्ने ठाउँ एमाले नेता कार्यकर्तामा छैन । किनकि नीतिगत लुटको गिरिबन्धुबाट आफू बच्ने त्यही प्रकृतिको पतञ्जली जग्गा प्रकरणमा माधव नेपाललाई डाम्ने ओली नीति सर्वत्र आलोचित बन्दैछ ।
सहकारी ठगेका एमालेको अन्जला कोइराला जोगिने कांग्रेसका धनराज बच्ने, माया राई सांसद नै हुने तर रास्वपाका रवि लामिछानेमाथि झुटा मुद्दा लगाएर जेल हाल्ने ओली शासनको निष्पक्षताले पनि एमालेमा ओलीको विकल्पमा विद्या भण्डारी देखिएकी हुन् । भण्डारीलाई वामपन्थी सहकार्यका लागि अगाडि सारिएको छ । तर उनको साथमा भ्रष्टाचारको थुप्रोबाट निस्केका ईश्वर पोखरेल जस्ता पदक तथा विभूषण पनि बेच्न पौरखी खडा छन् ।
पार्टीका महासचिव शंकर पोखरेल बाहेक अन्य पदाधिकारी ओलीको पक्षमा छैन । माओवादी बाट गएका रामबहादुर थापा मात्र ओलीवादी हुन् भने लेखराज भट्ट एमालेको सचिव पद त्यागेर माओवादीमा फर्कने चर्चा छ । भुटानी शरणार्थी प्रकरणमा पैसा खाने प्रधानमन्त्री केपी ओली र डा.आरजु, रामबहादुर थापा कारबाहीमा पर्ने, टोकनारायण पाण्डे टेकनाथ रिजाल टोपबहादुर रायमाझी बालकृष्ण खाड भएपछि एमालेको नेतृत्वको विकास कसरी रहन्छ ?
ओली नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता हुँदैन । एमालेभित्र निराशा र आक्रोश बढेको छ । भदौ २१ बाट २३ सम्म एमाले विधान सम्मेलन गर्दैछ । अहिले देशमा उत्पन्न विवाद अन्त गर्ने अग्रसरता प्रधानमन्त्रीका नाताले केपी ओलीले लिनुपथ्र्याे । तर उनी मिलाउनु भन्दा भत्काउन सक्रिय छन् । त्यसैकारण ओलीको मिसन ८४ अब भाषणमा खुम्चने कागजमा मात्र सीमित हुने स्थिति छ । त्यसैकारण पनि २०८३ मा हुने एघारौं महाधिवेशनमा विद्यालाई नेतृत्वमा ल्याउन एमालेको बहुमत टिम लागेको हो । विकसित देशमा राष्ट्रपति र प्रधानमन्त्री पद सकिएपछि पुरानै पेशामा जान्छन् । गरिबीले थिचिएको नेपालमा पूर्व विशिष्टले जीवनभर भत्ता खाने सरकारी सेवा लिने व्यवस्थाको लुटतन्त्र गणतन्त्रले खोजेको थिएन । तर केपी त्यो बाटोमा छन् । त्यसै कारणले पनि उनलाई खेद्नुपर्ने भएको छ ।

