काठमाडौं । कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् ।
बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो । अब उनीहरू नियमित न्याय परिषद्मा हाजिर हुनुपर्नेछ । उच्च अदालतका न्यायाधीशका हैसियतले मुद्दाको सुनुवाइ र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् ।
न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।
आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् ।

