रास्वपाको नाराबाजीबीच संसद बैठक सञ्चालन, बजेटमाथि प्रश्नको जवाफ दिने मन्त्रीहरूको कार्यसूची

विविध समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले गरेको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरेका छन् ।

सभामुख घिमिरेले बैठक शुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरुले आफ्नो ठाउँबाट उठेर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा आजपनि विरोध गरेका हुन् । तर, सभामुख घिमिरेले त्यसको वास्ता नगरी प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन् । आज बसेको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने मन्त्रीहरुको कार्यसूची रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *