काठमाडौं । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमनत्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको बताएकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी दिएकी हुन् ।
१६ जना रहेपनि ११ जना मसाद भन्ने स्थानमा रहेका छन् भने पाँच जना गैरकानूनी रुपमा गएकोले इरानको जेल जिवन बिताइरहेको कुराको जानकारी दिएकी छिन् । गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको बताउँदै उनले भारतले आफ्ना नागरिकलाई उद्वार गर्ने क्रममा इरानमा रहेका १६ जना नेपाली नागरिकको उद्वार गर्ने भारत सरकारले सहमति जनाएको पनि उल्लेख गरेकी छिन् । साथै उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।

