नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त,खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुने

खेलकुद विविध समाचार

काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।

न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायत अन्यको उपस्थितीमा नियुत्ती पत्र हस्तान्तरण गरेका छन् ।

नेपाली यू–२३ टिमले ताजकिस्तानमा हुने एएफसी यू(२३ एसियन कप क्वालिफायर्सको खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ । यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समुह एचमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *