काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका ९ वटा जिल्लामा आज सार्वजनिक बिदा रहेको छ ।
जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकोले प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका ९ वटा जिल्लामा बिदा दिने निर्णय गरेको हो । जुम्लामा भने चैत १२ गते सार्वजनिक बिदा हुँदै आएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।

