सभामुख घिमिरेले संसदीय समितिका सभापतिसँग दिउँसो शङ्कर हलमा छलफल गर्ने

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा सभापतिहरूसँग छलफल राखिएको सभामुखको सचिवालयले जनाएको हो । समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्नुका साथै प्रतिनिधि सभाको बैठक कसरी सुशासनको दायराभित्र रहि कार्य गर्ने, सत्तापक्ष र विपक्ष दलका सांसदहरुलाई न्यायोचित ढगंले समान रुपमा कसरी संसदलाई अघि बढाउने विषयमा जानकारी लिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *